---Advertisement---

इनास उत्तर अमेरिका महादेश संयोजकमा म्याग्दीका राहुल केसी चयन

On: October 18, 2025 5:03 PM
Follow Us:

अन्तर्राष्ट्रीय नेपाली कलाकार समाज (इनास) ग्लोबलको हालै काठमाण्डौमा सम्पन्न छैठौ महाधिवेशनबाट म्याग्दीको धवलागिरी गाउँपालिका–७, ताकमका राहुल केसी इनास उत्तर अमेरिका महादेश प्रमुख अर्थात क्षेत्रीय संयोजक पदमा निर्वाचित हुनुभएको छ
बिश्वब्यापी संजाल रहेको नेपाली कलाकारहरुको एक मात्र संस्थामा लामो समय देखी अमेरिकाबाट प्रतिनिधित्व गर्नुभएका नायक तथा मोडल केसीले उत्तर अमेरिका महादेश क्षेत्रमा संस्थागत गतिविधि विस्तारमा खेलेको भूमिका सहित संयोजकमा चयन गरिएको हो ।

सन २०१२ मा यूरोपको पोल्याण्डबाट स्थापना भएको इनासले आफ्नो साखा बिस्तार गर्ने क्रममा सन २०१४ मा अमेरिकाको भर्जिनियाबाट बिधिवत रुपमा इनास अमेरिकाको सुरुवाट गरिएको थियो।इनासले स्वदेश तथा बिदेशमा नेपाली कला संस्कृति, भाषा साहित्य र खेलकुद जस्ता महत्वपूर्ण विषयमा उल्लेखनीय काम गर्दै आएको छ।


इनास अमेरिका अन्तर्गत भर्जिनिया राज्य समितिको संस्थापक उपाध्यक्ष हुदै कार्यकाल २०१७–२०१९ र १०१९–२०२१ को इनास भर्जिनिया राज्य समितिको अध्यक्ष , कार्यकाल २०२१–२०२३ मा इनास अमेरिका राष्ट्रीय समितिको महासचिव, यस अगाडी २०२३–२०२५ कार्यकालको लागी इनास अमेरिका राष्ट्रीय समितिको अध्यक्ष पदमा रही सफल कार्यकालको नेतृत्व गर्नुभएको छ ।

नवनिर्वाचित क्षेत्रीय संयोजक केसीले विगतमा गरेको कार्यहरुको मुल्यांकन सहित नयाँ जिम्मेबारी प्राप्त भएकोमा संस्थागत तथा कलाकारहरुको हितमा केन्द्रित भएर आफ्नो कार्यकाल पुरा गर्ने बताउनुभयो । क्षेत्रीय संयोजक केसी अमेरिकामा रहेका म्याग्देली आवद्ध रहेका संघसंस्थामार्फत सामाजिक कार्यमा समेत सक्रिय हुनुहुन्छ ।

Leave a Comment