---Advertisement---

चारदिनदेखि ९५ बर्षिया स्यानीमायाँ खत्री बेपत्ता

On: October 18, 2025 7:04 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका–६,जामुनाखर्कबाट चारदिन अगाडी बेपत्ता हुनुभएकी ९५ बर्षिय बृद्धा स्यानीमायाँ खत्री अझै फेला पर्नुभएको छैन् । गएको असोज महिनाको २९ गते विहान साढे ११ बजे घरबाट निस्किनुभएकी बृद्धा खत्री दिउँसोसम्म गाउँ आसपासमा देखिएपनि साँझ घर नफर्किएपछि खोजीकार्य जारी रहेको छ ।

बिरामी बृद्धा खत्रीको खुट्टामा कुकुरले टोकेको अवस्थामा टाढा जान नसक्ने भन्दै गाउँ आसपासका क्षेत्रमा खोजीाकार्य गरिएपनि शनिबार साँझसम्म फेला पार्न नसकिएको छोरा तुलबहादुर खत्रीले बताउनुभयो ।

’आमा सधै दिउँसो घरआसपासमा जानुहुन्थ्यो, धेरै टाढा हिडेर जाने सम्भावना नरहेकाले गाउँ आसपासमै खोजी गरिरहेका छौ‘ खत्रीले बेनीअनलाइनलाई भन्नुभयो । सम्पर्कविहिन भएको दिन दिउँसो साढे २ बजेसम्म गाउँमा देखिएको र करिब ४ बजे आसपासबाट खोजीकार्य गरिएको थियो । बेपत्ता बृद्धा खत्रीको खोजीकार्यमा स्थानीयबासी समेत जुटेका छन् ।

Leave a Comment