म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित काउलेगौडा यूवा क्लवले पूर्व क्लव अध्यक्ष तथा खेलाडी सम्मान। शुभ दीपावली, छठ पर्वको अवसरमा आयोजित १० औं केवाइसी कप एवम् विविध सांस्कृतिक कार्यक्रमको अवसरमा पुर्व क्लव अध्यक्ष तथा खेलाडी सम्मान कार्यक्रम समेत गरिएको हो ।

म्याग्दी जिल्लामा भलिबल खेलमा आफ्नो फरक पहिचान बनाउन सफल केवाइसीको खेलमैदानमा आयोजित सम्मान तथा खेलकुद कार्यक्रमको वडा अध्यक्ष चक्रबहादुर केसीले उद्घाटन गर्नुभयो । सम्मान कार्यक्रममा संस्थापक अध्यक्ष तेजेन्द्र बानियाँ, पूर्व अध्यक्ष रुद्ध रेग्मी, दिपेश बस्नेत, चिरञ्जीवि सुबेदी, प्रकाश खत्री र राजिन पुरीलाई वडा अध्यक्ष केसीले सम्मान गर्नुभएको थियो ।
सोही अवसरमा खेलाडी रामकृष्ण खत्री दोसल्ला सहित सम्मान गरिएको थियो । त्यस्तै शिब श्रेष्ठ, कुशल खत्रीलाई सम्मान गरिएको थियो ।

क्लव अध्यक्ष नगेन्द्र बस्नेतको अध्यक्षतामा भएको सम्मान तथा खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रमको विशिष्ट अतिथि जिल्ला भलिबल संघका अध्यक्ष एवम् क्लवका संस्थापक अध्यक्ष तेजेन्द्र बानियाँ र सञ्चालन चिरञ्जीवि सुबेदीले गर्नुभएको थियो ।
महिला, पुरुष, पौढ भलिबल प्रतियोगिताको आयोजना गरिएको छ । क्लवले कात्तिक ३ र ४ गते सांस्कृति कार्यक्रमको आयोजना गर्ने छ भने भलिबल खेलको फाइनल ५ गते गर्ने क्लवका अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।