---Advertisement---

विद्यामन्दिरलाई बहराइनबाट १ लाख बढी सहयोग

On: October 19, 2025 3:50 PM
Follow Us:


नेपाली क्लब बहराइनले बेनी नगरपालिका वडा नं ६ मा अवस्थित विद्यामन्दिर आधारभुत विद्यालयको पूर्वाधार विकासका लागि सहयोग रकम हस्तान्तरण गरेको छ। शुक्रबार एक विशेष कार्यक्रमका बीच विद्यालयलाई एक लाख एघार हजार एक सय एघार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको हो ।


कार्यक्रमका प्रमुख अतिथि नेपाली क्लब बहराइनका महासचिव कृष्ण खामचा मगर, विशिष्ट अतिथि क्लबका संरक्षक छबिलाल बिक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुबास बिश्वकर्माको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। सो अवसरमा विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।


प्रमुख अतिथि कृष्ण खामचा मगरले शिक्षा नै राष्ट्रको मेरुदण्ड भएकाले विदेशमा रहेका नेपालीहरूले आफ्ना गाउँ र विद्यालयका लागि सधैं योगदान पु¥याउने बताउनुभयो । विशिष्ट अतिथि छबिलाल बिकलबालबालिकाको उज्ज्वल भविष्यका लागि सानो सहयोगले ठूलो परिवर्तन ल्याउन सक्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुबास बिश्वकर्माले नेपाली क्लब बहराइनप्रति आभार प्रकट गर्नुभयो । विगतमा पनि विद्यालयलाई बहराइनबाट सहयोग प्राप्त भएको बताउँदै आगामी दिनमा पनि शैक्षिक तथा रचनात्मक सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

Leave a Comment