---Advertisement---

मोनाले दक्षिण कोरियामा रहेका म्याग्देलीको तथ्याङ्क संकलन गर्ने

On: October 19, 2025 4:16 PM
Follow Us:

म्याग्दी प्रवासी नेपाली संघ मोना दक्षिण कोरियाले रोजगार, ब्यवसाय र शिक्षाको सिलसिलमा दक्षिण कोरियामा आएका म्याग्देलीको तथ्याङ्क संकलन सुरु गरेको छ । १५औं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठकले सफ्टवेयरको सहायताबाट सामाजिक सञ्जालमार्फत तथ्याङ्क संकलन अभियान सफल बनाउन समेत सम्पूर्ण म्याग्देलीलाई अनुरोध गरिएको छ ।


कोरियामा रहेका म्याग्देलीलाई समस्या परेमा सहयोग तथा रचनात्मक कार्यहरुमा समेत सहभागिताका लागि म्याग्देली बिच एकता र सहकार्यका लागि तथ्याङ्क संकलन गरिएको अध्यक्ष दिनेश कार्कीले बताउनुभयो । ’कोरियामा रहनुभएका सबै म्याग्देली बिचको सम्बन्ध स्थापित गर्नेे कार्य हो, यसअगाडी सम्पर्क नहुदाँ समस्यामा परेकालाई समेत सहयोग गर्न कठिन भएकाले यो अभ्यासको सुरुवात गरेका हौ’ अध्यक्ष कार्कीले भन्नुभयो ।


बैठकमा मोनाका सल्लाहकार खाङ्स विश्वविद्यालयका अन्तराष्ट्रिय अध्ययन विभाग प्रमुख प्रा.डा.बोजिन्द्र तुलाचनल, मोना कोरियाका सस्थापक सदस्य नरेन्द्र पुर्जा मगरको विशेष उपस्थिती रहेको थियो । मोना कोरियाले समस्यामा परेका म्याग्देलीको कानुनी लडाई, आर्थिक सहयोग सहित खेलकुद लगायतका कार्यहरु गर्ने गरेको छ भने जिल्लामा समेत विभिन्न क्षेत्रमा सहयोग गर्ने गरेको महासचिव प्रेम भण्डारीले बताउनुभयो ।

Leave a Comment