बेनी नगरपालिका–७ मंगलाघाटबाट लागुऔषध सहित दुई यूवालाई प्रहरीले पक्राउ गरेको छ । सदरमुकाम बेनीबजार तथा आसपासका क्षेत्रमा लागुऔषधको सेवन तथा विक्री वितरणको गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले बेनपा–७ मंंगलाघाटका ३० बर्षिय यूकेन श्रेष्ठ र बेनपा–९ बस्ने २७ बर्षिय बिशाल विकलाई लागुऔषध सहित नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सागर पौडेलले बेनीअनलाइनलाई बताउनुभयो ।
प्रहरीले कोठामा लुकाई राखेको अवस्थामा श्रेष्ठको साथबाट डाईजेपाम ८ एम्पुल, फेनारगन ८ एम्पुल, बुप्रिनर्फिन ८ एम्पुल गरी २४ एम्पुल लागुऔषध बरामत गरेको छ । त्यसैगरी विकको साथबाट डाईजेपाम २० एम्पुल, फेनारगन २० एम्पुल, बुप्रिनर्फिन २० एम्पुल गरी ६० एम्पुल सहित २५ हजार १२० रुपैयाँ नगद समेत बरामद गरेको छ । लागुऔषध बरामत गरेको जिल्ला प्रहरी कार्यालयको सूचना अधिकारी समेत रहनुभएका पौडेलले बताउनुभयो ।
प्रहरीले श्रेष्ठ र बिकको कनेक्सनका बारेमा थप अनुसन्धान गर्न जिल्ला अदालतबाट लागु औषधमा मुद्धा दर्ता गर्न १० दिनको म्याद थप गरेको छ । चाडपर्वको मौका छोपी लागुऔषधका कारोबारीले प्रयोगकर्तालाई बिक्री गर्ने गरेको सूचनाका आधारमा प्रहरीले सम्भावित क्षेत्रमा खोजीकार्य तिब्र बनाएको छ ।सदरमुकाम बेनीमा अभिभावकको निगरानीको अभाव, कुलतमा फसेका साथीमार्फत दुब्र्यसनी र कारोबारकतारको स्थिति भयावह बन्न सक्ने भन्दै प्रहरीले समुदायमार्फत सहयोगको अपिल समेत गरेको छ ।