---Advertisement---

बेपत्ता बृद्धाको खोजी गर्न कुकुर परिचालन

By हरिकृष्ण गौतम
On: October 20, 2025 2:04 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका–६,जामुनाखर्कमा बेपत्ता ९५ बर्षिय बृद्धा स्यानीमायाँ खत्रीको खोजीकार्यका लागि अनुुसन्धान गर्ने तालिम प्राप्त कुकुरसहित प्रहरी परिचालन गरिएको छ । गएको असोज महिनाको २९ गते विहान साढे ११ बजे घरबाट निस्किनुभएकी बृद्धा खत्रीको खोजकार्यमा प्रगति नभएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीले गण्डकी प्रदेश कार्यालय पोखराबाट तालिमप्राप्त कुकुर झिकाएको हो ।

पोखराबाट तालिमप्राप्त कुकुर सहितको विशेष टोली बेनीबाट घटनास्थलमा पुगेर अनुसन्धान सुरु गर्ने प्रहरी निरीक्षक सागर पौडेलले बेनीअनलाइनलाई जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक गोविन्द सुबेदी,सर्च एण्ड रेस्क्यु तालिम प्राप्त कुकुर लिएर बेपत्ता महिलाको खोजीकार्यका लागि हिडेका छन् । खोजीकार्यमा घर आसपास तथा हराउनुभन्दा अगाडीका रुटहरु लगायतमा केन्द्रित हुने जनाइएको छ । बेपत्ता, दुर्घटना र हत्याको अनुसन्धानमा नेपाल प्रहरीमा रहेका कुकुर निकै प्रभावकारी देखिन्छ ।

हरिकृष्ण गौतम

Leave a Comment