म्याग्दीको सदरमुकाम बेनीमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्ती मनाइएको छ । पुलस्त्य साहित्य प्रतिष्ठान, म्याग्दी साहित्यिक समाज र म्याग्दी सामुदायिक पुस्तकालयको संयुक्त आयोजनामा बेनीबजारमा सम्पन्न देवकोटा परिचर्चा तथा रचना वाचन कार्यक्रममा वक्ताहरूले देवकोटाको साहित्यिक योगदान, विचारधारा र मानवतावादी दृष्टिकोणबारे चर्चा गरेका थिए।
कार्यक्रममा वरिष्ठ साहित्यकार, समालोचक रामप्रसाद सुवेदीले देवकोटालाई नेपाली साहित्यमा स्वच्छन्दतावादी र प्रगतिवादीधाराका प्रवर्तकका रूपमा व्याख्यागर्दै देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्किने बताउनुभयो।

‘उनीपूर्वीय र पाश्चात्यदर्शनको अद्वितीय संयोजन हुन्’ सुवेदीले भन्नुभयो । कार्यक्रममासमीक्षक सुवेदीले महाकवि देवकोटाको समग्र साहित्यिकव्यक्तित्वतथा कृतित्वमाथिगम्भीर विवेचना गर्नुभएको थियो ।
वरिष्ठसाहित्यकार धु्रवलाल शर्माले देवकोटाको जीवनमा देखिने त्याग र सामाजिक संवेदनाको चर्चा गर्दै भन्नुभयो, “देवकोटा आफैँ भोकै बसेर पनिदुःखी र पीडितका लागि आफ्नो सम्पत्ति समर्पण गर्ने समाज सुधारक थिए।”

विश्व नेपाली साहित्य महासङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तथा युवा साहित्यकार प्रकाश अधिकारीले देवकोटा कवि मात्र नभई मानवता र आत्मबोधका दार्शनिक भएको टिप्पणी गर्नुभयो ।
म्याग्दीकावरिष्ठ साहित्यकार अजयमिलन श्रेष्ठले म्याग्दीमा साहित्यिक गतिविधि केही सुस्ताउँदै गएको प्रसङ्ग जोड्दै भन्नुभयो । “जलमग्न भएहोस् अब म्याग्दीको साहित्यमा बाढी ल्याउनुपर्छ ।”

कार्यक्रममा पुलस्त्य साहित्यप्रतिष्ठानका अध्यक्ष नवीनप्रकाश बानियाँ, नन्दकला हरिलाल स्मृति प्रतिष्ठानका संरक्षक गणनाथ पौडेल, मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठान, पर्वतका अध्यक्ष जीवनमल्ल, सचिव चन्द्रबहादुर लामिछाने, सदस्य हिराबहादुर जिसी, म्याग्दी पुस्तकालयका साहित्य सचिव दीपक पौडेल, सञ्चारकर्मी कृष्ण जिसी, साहित्यकार हरिप्रसाद पौडेल, शिव सस्मित, शैलेश श्रेष्ठ लगायतले देवकोटाका रचनाहरू साहित्य प्रेमी मात्र नभई सम्पूर्ण मानवका लागि प्रेरणास्रोत रहेको बताएका थिए। वक्ताहरूका अनुसार देवकोटाको चेत ज्ञान, विज्ञान र दर्शनको सङ्गमभएको र उनका सशक्तएवम् चेतनायुक्त रचनाले नेपाली साहित्यको गौरव आजपर्यन्त उच्च बनाएको छ ।
म्याग्दी साहित्यिक समाजका अध्यक्ष ध्रुवलाल शर्माको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा म्याग्दी पुस्तकालयका साहित्य सचिव दीपक पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पुलस्त्य साहित्य प्रतिष्ठानका उपाध्यक्षतथा साहित्यकार शिव सस्मितले गर्नुभएको थियो ।
महाकवि देवकोटाको जन्म वि.सं. १९६६ साल कार्तिक २७ गते भएको थियो। कवि नेपालले महाकवि देवकोटाले वि।सं। १९९१ साल मंसिर १५ गतेको गोरखापत्रमा कविता प्रकाशन गरेर नेपाली साहित्यमा औपचारिक रुपमा प्रवेश गर्नुभएको थियो । महाकवि देवकोटाको निधन वि.सं. २०१६ साल भदौ २९ गते भएको थियो।