---Advertisement---

म्याग्दी समाज न्यूर्योकको देउसीभैलो तथा शुभकामना आदानप्रदान

On: October 20, 2025 11:37 PM
Follow Us:

म्याग्दी समाज न्यूर्योक यूएसए इंकले तिहारको अवसरमा शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम गरेको छ । नेपाली संस्कृति र सम्पदा संरक्षण गरी हरेक वर्ष देउसी भैलोबाट रकम संकलन गरेर नेपालमा विभिन्न सामाजिक कामा सहयोग गर्दै आएको समाजले क्विन्समा रहेको धर्म हाउसमा आयोजित कार्यक्रममा म्याग्देली सहित नेपालीको उत्साहजनक सहभागिता रहेको थियो ।

देउसी भैलो कार्यक्रमका उद्घाटन गदैं समाजका अध्यक्ष तिर्थ घर्तीमगरले कर्मभुमीमा कला र संस्कृतिको निरन्तरताले नयाँ पुस्ताको समेत ध्यान तान्न सफल भएको बताउनुभयो ।

सोही अवसरमा पूर्व अध्यक्ष एवम् संरक्षक भविन शेरपुञ्जा,बरिष्ठ सल्लाहकार मनप्रसाद रोका, पूर्व अध्यक्ष एवम् सल्लाहकार रमेश तुलाचन, सल्लाकार प्रेमा घर्ती, सल्लाहकार कर्णबहादुर रोका, सल्लाहकार याम पुन, महिला उपाध्यक्ष प्रिति मायाँ पुन, महिला संयोजक कमला पुन र एनआरएन न्यूर्योग च्याप्टरका अध्यक्ष डण्डपानी लामिछाने (बासु) मगर संघ अमेरिका केन्द्रका अध्यक्ष दिपसागर बुढामगर, मगर संघ न्यूर्योग च्याप्टरका अध्यक्ष रत्नसिङ गर्बुजा लगायतको उपस्थिती रहेको सांस्कृतिक कार्यक्रम संयोजक भिजन घर्तीमगरले जानकारी दिनुभयो ।


देउसी भैलोमा नेपालकी म्याग्दीको मौलिक थाली नाचकी अभियान्ता दिलकुमारी गर्बुजाले थाली नाच, सालैजो गायक यामकुमार जुग्जालीले सालैजो भाकामा प्रस्तुती दिनुभएको थियो । सोही अवसरमा पूर्व अध्यक्ष रमेश तुलाचनको शब्द, शान्तिश्री परियार, बिलन थापाको स्वरमा रहेको समाजको स्वागत गितको बिमोचन गरिएको थियो ।


समाजका अध्यक्ष घर्तीमगरको अध्यक्षता बरिष्ठ उपाध्यक्ष सोमबहादुर बुढाथोकीको स्वागत र सञ्चालन महासचीव चक्रबहादुर पाईजा, ममता शर्माले सञ्चालन गर्नुभएको थियो ।

यसबर्षको देउसीभैलोबाट करिब २१ लाख नेपाली रुपैयाँ आर्थिक संकलन भएकोमा खर्च घटाएर बचत आपतकालिन कोषमा जम्मा गरी अन्य विभिन्न सामाजिक तथा विपद्जन्य कार्यमा खर्च गरिने कोषाध्यक्ष रामचन्द्र सापकोटाले बताउनुभयो । म्याग्दी समाज न्यूर्योक यूएसए इंकले विभिन्न सामाजिक कार्यका साथै जन्मभूमि म्याग्दीमा समेत कार्यक्रम गर्ने गरेको छ ।

Leave a Comment