माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा ३.९५ जिपिए प्राप्त गरेका म्याग्दीका एक परीक्षार्थीले पुनर्योग (रिटोटलिङ) गर्दा ४ जिपिए ल्याएका छन्। बेनी नगरपालिका वडा नं ८ गणेशटोलमा अवस्थित लिटल गार्डेन एकेडेमीमा अध्ययनरत सुलभ सुबेदीले आफूले प्राप्त गरेको नतिजाप्रति सन्तुष्ट नभएपछि सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा गई पुनर्योग र उत्तरपुस्तिका पुनः परीक्षणबाट कम्प्युटर र अंग्रेजी विषयमा नतिजा सुधार भएपछि सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएका हुन् ।
मंगला गाउँपालिका वडा नं १ कुहुँ घर भएका सुबेदीले पुर्नयोग र उत्तरपुस्तिका हेर्ने गरी शुल्क तिरेका थिए । उनले परीक्षाको नतिजामा चित्त नबुझेर पुनर्योग गरेपछि मेहनत अनुसारको नतिजा आएको बताए । ‘आफ्नो नतिजामा देखिएको त्रुटी अब अरु विद्यर्थीले भोग्न नपरोस्’ विद्यार्थी सुबेदीले भने । अन्य सबै विषयमा ४ जिपिए ल्याएपनि झनै राम्रो भएको कम्युटर र अंग्रेजीकै नतिजा चित्त नबुझेपछि सुबेदीले उत्तरपुस्तिक अवलोकन तथा पुर्नयोगका लागि ४ हजार तिरेर निवेदन दिएका थिए ।
उत्तरपुस्तिका पुनर्योग गर्ने क्रममा आफ्नो मेहनत अनुसारको नतिजा आएपछि अब लक्ष्य अनुसारको यात्रालाई सहज तथा आगामी नतिजाका लागि अझै मेहनत गर्ने बताए । विद्यालयका प्रिन्सिपल दिपक सुबेदी अनुसार मेधावी विद्यार्थीको नतिजाबाट निराश रहेको अवस्थाम पुर्नयोगले विद्यार्थीको मेहनतलाई न्याय र विद्यालयको लक्ष्य प्राप्ती भएको बताए । उनले कपी इक्जामिन सही ढंगले नभएको तथा नम्बर कम्प्युटरमा इन्ट्रीमा कमजोरी जस्ता समस्याले विद्यार्थीलाई अन्याय भएको बताए ।
पुनर्योगपछिको नतिजालाई हेरेर आगामी दिनमा परीक्षा बोर्डलेसमीक्षा गर्नुपर्ने उनले बताए । यसअगाडी माउण्ट एभरेष्ट आवासीय माविका आयुष सुबेदीले समेत पुनर्योग (रिटोटलिङ) गर्दा चार जिपिए ल्याएका थिए भने नियमित नतिजामा न्यु वेष्ट पोइन्ट आवासीय माविकी छात्रा प्रकृति घर्ती क्षत्रीले समेत ४ जिपिए ल्याएकी थिइन् । यसबर्ष पहिलो नतिजामै चार जिपिए सहित पुर्नयोग गरी ३ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । परीक्षा बोर्डले जनशक्ती, बजेट लगायतका कारण देखाउँदै उत्तरपुस्तिकाको ‘क्रस चेक’ नगर्दा बर्षेनी विद्यार्थीलाई अन्याय हुने गरेको छ ।