---Advertisement---

‘ज्याक’ ले भेटायो हराएकी ९५ बर्षिया बृद्धाको शब

By Hari krishna Gautam
On: October 21, 2025 9:29 PM
Follow Us:

हरिकृष्ण गौतम \ बेनी नगरपालिका-६,जामुनाखर्कबाट बेपत्ता भएकी ९५ बर्षिय सानिमायाँ खत्रीको सबै ठाउँमा खोजतलास गर्दा पाँच दिनसम्म प्रगति हुन सकेन। गत असोज २९ गते दिउँसो घर नजिकबाट सम्पर्कविहिन बृद्धा खत्रीको खोजीका नेपाल प्रहरी, आफन्त र स्थानीयको प्रयासबाट अत्तोपत्तो नभएपछि छैटौ दिन म्याग्दी प्रहरी टोलीसहितको टोलीमा पोखराबाट खोजी तथा उद्धार विषयको तालिम प्राप्त प्रहरी कुकुर सहितको केनाईन टोली खटियो ।

कात्तिक २ गते सोमबार दिउँसो २ बजे बृद्धा खत्री अन्तिम पटक देखिएको स्थानबाट खोजीकार्य गर्दा कुनै प्रगति नभएपनि केही संकेत छोडेर बेनी फर्किएको ‘ज्याक’ लाई लिएर केनाइन शाखा पोखराका प्रहरी नायब निरीक्षकमिलन केसी,प्रहरी हबल्दार दिपककुमार राउत, प्रहरी जवान अनिल थापा र जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी सहायक निरीक्षक सरोज मजाकोटी सहितको टोली मंगलबार विहानै खोजीमा जुट्यो ।


२ बर्षको ‘ज्याक’ को इसारामा प्रहरीको टोली परिचालन भयो । अगाडी–अगाडी ज्याक र पछाडी प्रहरी सहितको स्थानीयको टोली जंगलमा झिरे । पैदल हिड्न मुस्किल हुने घरभन्दा तलको खोरीयामा प्रवेश गरेको ‘ज्याक’ रोकिएन । प्रहरीको टोलीले ज्याकलाई पछ्याए । सानीचौतारीको तल खोरियाको अफ्ठारो ठाउँमा बृद्धा खत्रीको शब भेटियो ।

करिब सतक पुग्न लागेकी बृद्धा हराउँदा आफन्त र गाउँले चिन्तित भइरहेको अवस्थामा ‘ज्याक’ले घर नजिकै पुगेर शब फेला पा¥यो । प्रहरीले मुचुल्का तयार गरी शब लिएर बेनी आयो । नेपाल प्रहरीको गण्डकी प्रदेशको केनाइन शाखाका जन्मिएको ‘ज्याक’ बेल्जियम सेफर्ड हो । यसअगाडी ‘ज्याक’सँग पर्वत, लम्जुङ, गोरखा, पोखरा सहित विभिन्न स्थानमा पुगेर घटनास्थलमा अनुसन्धान गरेको अनुभव छ ।


म्याग्दीका पहिलोपटक आएको ‘ज्याक’ ले उत्कृष्ट नतिजा लिएर पोखरा फर्किएको छ । ‘अनुसन्धानमा खटिएको ज्याकको यो पहिलो सफलता हो, हामी निकै उत्साहित भएर फर्किएका छौ, शब भेटिएपछि केहीबेर आराम समेत ग¥यो’ केनाईन शाखाका प्रनानी केसीले भने । उनले ज्याकले बोल्ने तरिका र लवजको आधारमा आफ्नो जिम्मेबारी पूरा गरेको बताए ।

ज्याकको क्षमता, सिकाइ र व्यवहार मानबमैत्री छ । उनले आफ्नो जिम्मेबारी पूरा भएपछि ‘ज्याक’ समेत समेत खुसीको भाब प्रस्तुत गरेको थियो । प्रहरी टोलीमा भर्ती भएर खोज तथा उद्धारमा खटिएको ‘ज्याक’बाट प्रहरीले भविस्यमा पनि धेरै आसा गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट घटनाको अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक सागर पौडेलले कुकुरहरूले हातहतियार तथा विष्फोटक पदार्थ, लागुऔषध, खोज तथा उद्धार र ट्रयाकको अनुसन्धानमा सघाउने बताए ।


उनले यसपटक बृद्धाको शब भएको स्थानमा पुगेर अनुसन्धानमा सघाएको ‘ज्याक’लाई पोखरा पठाउने क्रममा प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले धन्यवाद सहित विदाई गरेको बताए । प्रहरी अनुसन्धानमा कुकुरको भूमिका निकै महत्वपूर्ण मानिन्छ ।

नेपाल प्रहरीको गण्डकी प्रदेशमा ट्रयाकर (सर्च एन्ड रेस्क्यू), लागुऔषध खोजी, विस्फोटक पदार्थ पहिचान र मान्छेको खोजी तथा उद्धार सहित विभिन्न अनुसन्धानमा सघाउने ९ कुकुर छन् ।

गाउँमा दुईपटक एउटै कुकुरले टोकेर घाईते भएकी मृतक खत्री सम्पर्कविहिन भएपछि खोजीकार्यका लागि पोखराबाट यमपन्चकको तेस्रो दिन पूजामा मिठा खानेकुरा खाएर आएको ‘ज्याक’ले आफ्नो जिम्मेबारी पूरा गरी फर्किएको छ । ‘ज्याक’ को कामको अहिले स्थानीयले तारिफ गरेका छ ।

Hari krishna Gautam

Leave a Comment