---Advertisement---

म्याग्दीमा नेपाल संवत् ११४६ भब्य रुपमा मनाइयो

On: October 22, 2025 1:53 PM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीमा शनिबार विविध कार्यक्रमका साथ नेपाल संवत् ११४६ को भव्य स्वागत गरिएको छ । नेपाल भाषा मंकाःखलःम्याग्दीद्वारा बहुउद्देश्यीय सभाहलमा आयोजित कार्यक्रमको संविधान सभा सदस्य रेशमबहादुर बानियाँले उद्घाटन गदैं नेपाल संवत् नेपालीको मौलिक भएको बताउनुभयो ।‘नेपाली समुदायका लागि नेपाल संवद्को दिन विशेष छ, यो सबै नेपालीको साझा संवद्को रुपमा मनाउनुपर्छ’ प्रमुख अतिथि बानियाँले भन्नुभयो ।

सोही अवसरमा प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी, बेनी नगरपालिकाका प्रबक्ता रमेशकुमार श्रेष्ठ, क्षत्री समाज म्याग्दीका अध्यक्ष कृष्णसिङ बानियाँले शंखधर साख्वाको परोपकारी भावना र उहाँले गरेको योगदान अहिले पनि उत्तिकै उदाहरणीय र अनुकरणीय रहेको बताउनुभएको थियो ।


कार्यक्रममा एसईई परिक्षामा उत्कृष्ट अंक ल्याई उतिर्ण हुने निजीबाट विज्ञानकुमार श्रेष्ठ, यूरी श्रेष्ठ,सामुदायिकतर्फ रसिक श्रेष्ठ र दिपीका श्रेष्ठलाई नगद सहित सम्मान गरिएको थियो । सोही अवसरमा नेपाल भाषा मंकाःखलःम्याग्दीको संस्थागत विकासका लागि बेनी नगरपालिका–८ क्याम्पसचोकका नारायण श्रेष्ठ र अम्बिका श्रेष्ठले १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्नुभएको थियो । नेपाल संवत्को अवसरमा सदरमुकाम बेनीबजारमा शुभकामना सहित नेवार समुदायको झाँकी र परम्परागत भेषभुषा सहितको ¥यालीले बजार परिक्रमा गरेको थियो ।

राष्ट्रिय विभूति शंखधर साख्वाले वि.स ९३७ (ई.स८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संम्वतको शुरुवात गराएका थिए । नेपाल भाषा मंकाःखलःम्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष कुविरकुमार श्रेष्ठको स्वागत र सचिव सृजना श्रेष्ठ को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा म्याग्दीका राजनीतिक दल, जनप्रतिनिधि, विभिन्न जातजातिका प्रतिनिधि सहितको उपस्थिति रहेको थियो ।

Leave a Comment