लोकप्रिय यूवा गायक एवं सर्जक प्रकाश दूतराजको नयाँ ‘छैन र माया’ एक महिना नपुग्दै करोड क्लवमा प्रवेश गरेको छ । दशैंको अवसर सार्वजनिक भएको गीतले छोटो समयमै युट्यूवमा एक करोडभन्दा भ्यूज बटुलेको छ ।
गायक प्रकाश र मेलिना राईको स्वरमा रहेका गीतमा म्याग्दी मंगला गाउँपालिका–२,सल्यान घर भई हाल बेनी नगरपालिका–८ शिक्षामार्गमा बस्ने अञ्जली जिसीको अभिनय छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने छुसाङ र तेताङ गाउँमा छायांकन गरिएको म्यूजिक भिडियोलाई बुधबारसम्म १ करोड ५ लाखभन्दा बढीले गीतको भिडियो हेरेका छन् ।

‘छैन र माया’ बाट अभिनयमा डेब्यू गर्नु भएकी कलाकारअञ्जलीको गायक प्रकाशसँगै म्यूजिक भिडियोको शीर्ष भूमिकामा अभिनय तथा नृत्य देख्न सकिन्छ । पोखराको ग्यालेक्सी कलेजमा कक्षा ११ मा म्यानेजमेन्ट विषयमा अध्ययनरत अञ्जलीको सांगितिक क्षेत्रमा देखाएको रुचीसँगै पहिलो म्यूजिक भिडियो नै करोड क्लवमा प्रवेश गरेपछि बुधबार बेनीमा कलाकार जिसीका परिवारले केक काटेर खुशीयाली साटेका छन् ।

भिडियोमा गरेको मेहनतले यो उचाई पाएकोमा मोडेल जिसीले गीतलाई दिएको मायाले आफू निकै खुशी भएको र भोलिका दिनमा अझ राम्रो काम गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । सोही अवसरमा मोडेल जिसीले अभियनबाट प्राप्त पारिश्रमिकबाट ५ हजार रुपैयाँ नेपाल पत्रकार महासंघको कल्याणकारी कोषका लागि उपाध्यक्ष अमित विश्वकर्मालाई हस्तान्तरण गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका सदस्य अमित विश्वकर्माले गायक दुतराजको लोकप्रितासँगै मोडेलको भूमिकामा अञ्जलीको मेहनतले समेत गीतले छोटो समयमा स्रोता एवं दर्शकको साथ पाएको बताउनुभयो ।
सोही अवसरमा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम, नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दी शाखाका अध्यक्ष एवम् मोडेल अञ्जलीका बुबा धुब्र जिसीले गीतसंगीतबाट म्याग्दीलाई चिनाउन गायक दुतराजको योगदानको प्रशंसा गर्नुभएको थियो ।

यस अगाडी गायक दुतराजको नेपाली संगीतको क्षेत्रमा छिटो समयमा करोड भ्यूज पाउनेमा ‘रिमै’ समेत पर्छ । उनको जाम भो माईली एल्बमको ‘लाहुर जाने रेलैमा’, आरने, बैनी झ्यालैमा, घर कता हो बैनीको समेत करोड क्लवका गीत हुन् । प्रेम सम्बन्ध, समाजमा दविएका र दवाइएकाहरुको आवाजले समेत प्राथमिकताका बहसको अवसर पाउँछ ।









