---Advertisement---

‘भारी हिमपातको सम्भावना छ आगामी तिन दिन पदयात्रा नगर्नुहोला’

On: October 28, 2025 7:00 AM
Follow Us:


जिल्ला प्रशासन कार्यालय म्याग्दीले मंगलबारदेखि उच्च हिमाली क्षेत्रका पदमार्गमा यात्रा नगर्न अपिल गरेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार रातिदेखि तीन दिन हिमपातको सम्भावनालाई मध्यनजर गदैं धौलागिरी पदमार्ग, अन्नपूर्ण बेसक्याम्प, खोप्रा, खयरलेक सहित उच्च हिमाली क्षेत्रसँग जोडिएका पदमार्गमा यात्रा नगर्न पदयात्रीलाई प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले अनुरोध गर्नुभएको छ ।

‘म्याग्दीको हिमाली क्षेत्र पनि हिमपात हुने जोखिमभित्र पर्छ, यो समयमा पदयात्रामा निस्किदा समस्या हुनसक्छ, सतर्कता अपनाउनुहोला । प्रजिअ तिवारीले सोमबार विशेष मौसम बुलेटिनमा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भारी हिमपातको पनि सम्भावनामा म्याग्दी र मुस्ताङ जिल्ला जोड्ने पर्यटकीयस्थल समेत रहेको बताउनुभयो । म्याग्दीको धौलागिरी हिमाल हुदै मुस्ताङ जोड्ने धौलागिरी पदमार्ग क्षेत्रमा हिउँमा कुल्चिएर यात्रा गर्नुपर्छ । धौलागिरि पदमार्ग हुदै मुस्ताङको धम्पुस पिकमा जाने पदयात्रीलाई दुबै जिल्लाबाट यात्रामा भए फर्किन वा यो समयमा यात्रा नगर्न अनुरोध गरिएको प्रजिअ तिवारीको भनाइ छ ।

यसैबीच अत्याधिक पर्यटकको चापका कारण छोटो समयमा उच्च भेग पुग्दा लेक लाग्ने जोखिम बढेपछि टाउको हल्का दुख्नु, थकाइ र रिङ्टा लाग्नु पहिलो लक्षण हुन् भने हिँड्न गाह्रो हुने, श्वास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने, पखाला लागेमा तत्काल उच्च क्षेत्रमा जान रोक्नुपर्ने र आराम गर्ने, पानी वा झोलिलो खाने कुराहरु खानुपर्ने र शरीरमा असहज महुसस भए तत्कालै आफुँ भएको भन्दा तल्लो क्षेत्रमा फर्किन समेत अनुरोध गरिएको छ ।

Leave a Comment