---Advertisement---

गुर्जा समाज काठमाडौंको अध्यक्षमा लिलमाया छन्त्याल

On: October 28, 2025 6:49 PM
Follow Us:

गुर्जा समाज काठमाडौंको चौथो भेलाबाट लिलमायाँ छन्त्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–१, गुर्जाबाट काठमाण्डौमा बसोबास गर्ने गुर्जाबासीको साझा संस्था समाजको वरिष्ठ उपाध्यक्षमा पदम छन्त्याल, उपाध्यक्ष हिरादेवी छन्त्याल, सचिव विष्णुकुमारी छन्त्याल, कोषाध्यक्ष मीना छन्त्याल, सहसचिव पुर्णकुमारी छन्त्याल र सहकोषाध्यक्षमा सविना छन्त्याल सर्वसम्मत चयन हुनु भएको छ । त्यसैगरी सो भेलाले समाजको सल्लाहकारमा संस्थापक अध्यक्ष समप्रसाद छन्त्याल, पूर्वअध्यक्ष मोमकुमारी छन्त्याल,पूर्वकोषाध्यक्ष रेशमबहादुुर छन्त्याल,गंगादेवी छन्त्याल र ललितमान छन्त्याललाई मनोननयन गरेको छ ।


त्यर्सैगरी सांस्कृतिक उपसमितिको संयोजकमा सविना छन्त्याल,उपसंयोजकमा बीना छन्त्याल र सदस्यहरुमा काँसी छन्त्याल,तेकमति छन्त्याल,बेलमति छन्त्याल,सुकमति छन्त्याल र हिमकुमारी छन्त्याललाई मनोनाय गरेको छ । भेलाको धवलागिरी गाउँपालिका समाज काठमाडौंका अध्यक्ष लिलबहादुर पुनको प्रमुख आतिथ्य, समाजका अध्यक्ष रुपना छन्त्यालको अध्यक्षतामा र सल्लाहकार दिपबहादुर छन्त्यालको उपस्थितीमा सम्पन्न भएको थियो ।

करिव दुई दशक देखि राजधानीमा विभिन्न पेशा र व्यवसायमा गर्दै आएका गुर्जा समाजमा हाल ३६ घर संख्या रहेका छन् । कार्यक्रममा प्रमुख अतिथि लिलबहादुर पुनले धवलागिरी गाउँपालिका समाज काठमाडौंका ७ वडा स्तरिय समितिहरुमा विकट हिमाली गाउँ गुर्जा समाजको एकता,सक्रियता, सहभागिता र प्रस्तुतिहरु उत्कृष्ट र प्रशंसा योग्य रहेको बताउनुभयो ।

निवर्तमान अध्यक्ष रुपना छन्त्यालले आफ्नो निरन्तर साथ र सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनुभयोे । समाजका सल्लाहकार दिपबहादुर छन्त्याल र प्रमुख अतिथि लिलबहादुर पुनले नवनिर्वाचित पदाधिकारी तथा सल्लाहकारहरुलाई स्वागत गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा यस वर्षको देउसी भैलोबाट २ लाख ७३ हजार २ सय चन्दा संकलन भएको जानकारी गराईएको थियो ।

Leave a Comment