म्याग्दी मालिका गाउँपालिका–५ र धवलागिरी गाउँपालिका–७ को सिमाना दाङखोलामा मोटरेबल पुल निर्माणमा लामो समयदेखि भइरहेको ढिलासुस्तीप्रति ध्यानाकर्षण गराएका छन् । पश्चिम म्याग्दीको दरवाङ– दाङखोला–धारापानी– ताकम हुदै मुना हुदै लुलाङ,र गूर्जा जोड्ने सडकका लागि आवश्यक पुल निर्माणका लागि भएका सहमति कार्यान्वयको माग गरिएको छ ।
दाङखोलामा पुल नबनेको विषयमा मौखिक रुपमा गरिएको आग्रह तथा धवलागिरी गाउँपालिका वडा नं.–७ को कार्यालयबाट २०८१ चैत २१ गते भएको पत्राचारको विषयमा विगतमा सहमतिका बारेमा दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाले माग सुनुशवाई नगरेको भन्दै मंगलबार फेदीमा बसेको बैठकले दवावमुलक कार्यक्रम गर्ने निर्णय भएको भएको धवलागिरी गाउँपालिका ७ का वडा अध्यक्ष अशोक खत्रीले बताउनुभयो । ‘विगतमा भएका सहमतिको पालना गरी तत्काल पुल बनाउनुपर्छ,अब पुल नबन्दासम्म निरन्तर दबाब दिन्छौ’ वडा अध्यक्ष खत्रीले भन्नुभयो ।

बैठकमा प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली, धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, नेपाली काँग्रेसका नगेन्द्र मल्ल, नेकपा एमालेका दिनेश केसी, नेकपा माओवादी केन्द्रका रिमप्रकाश थापा, धवलागिरी गाउँपालिका -२ का वडा अध्यक्ष अकप्रसाद विक, ४ का अध्यक्ष यामबहादुर घर्ती, धारापानीका बासिन्दा यामन रोका, शिक्षक बुद्धीजिवी गिरिप्रसाद छन्त्याल, ओमराज फगामी, पत्रकार सन्तोष गौतमको उपस्थिति सर्वपक्षीय, सर्वदलीय बैठकले निर्णय कार्यान्वयनका लागि मंगलबार नै मालिका गाउँपालिकाको दुखुमा रहेको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको कार्यालयमा जानकारी गराइएको छ ।
मोटरेबल पुल निर्माणका लागि पुर्बाधार बिकास कार्यालय म्याग्दी र इन्द्रेणी–फेवा जे.भी. पोखराबीच बि.स. २०७६ जेठ २२ गते १ करोड ९३ लाख २९ हजार ४ सय ५७ मा ठेक्का सम्झौता भएको थियो ।

वि.स. २०७७ जेठ २० गते सम्पन्न गर्ने लक्ष्य राखिएको १८ मिटर लामो मोटरेबल निर्माण कार्य सुरु गर्ने तयारी भएको अवस्थामा दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको बाँधको डुवान क्षेत्र पर्ने हुँदा प्रस्ताव गरिएको भन्दा दुई सय मिटर माथी पुल बनाउन प्रदेश सरकारलाई आग्रह गर्ने र सरकारी निकायबाट पुल नबनेको अवस्थामा आयोजनालेनै पुल बनाउने सहमति भएको थियो।
वि.स. २०७६ असोज ५ गते धवलागिरि, मालिका गाउँपालिकाका जनप्रतिनिधी, आयोजना र पूर्वाधार विकास कार्यालय तथा स्थानीयबासीहरुको उपस्थितिमा भएको बैठकको तेस्रो नम्बर निर्णको बुदामा सरकारी पक्षबाट पुल निर्माण नभएमा दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाले बनाउने उल्लेख छ ।
जलविद्युुत आयोजनाले समयमा काम गर्न नदिएको लगायतका कारण देखाएर निर्माण ब्यवसायी अदालत जाँदा पुल निर्माण शुरु हुन नसकेकाले आयोजनाले सहमति अनुसार पुल निर्माण गर्नुपर्ने म्याग्दी१(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताउनुभयो ।

प्रदेश सरकार मार्फत दरवाङ देखि धारापानी र झिनडाडा देखि मुना जोड्ने सडक कालोपत्र सहित स्तरोन्नतिका लागि करिब एक अर्ब लागतको नयाँ आयोजना निर्माण शुरु हुने चरणमा छ । धारापानी ताकम–शिवाङ–झिनडाडा खण्डको सडक स्तरोन्नतिले तिब्रता पाएको छ ।
पुलको काम नभएपछि कार्यालयले ठेकेदारलाई पेश्कि दिएको ३२ लाख धरौटीबाट फिर्ता गर्ने प्रक्रीया अगाडी बढाएपछि ठेकेदारले उच्च अदालत पोखरा बागलुङ इजलासमा रिट हालेको थियो ।अदालतले उक्त रिटमा मध्यस्तता बाट बिवाद समाधान गर्न आदेश दिएको थियो ।हाल मध्यस्तामा बिचाराधिन बिवादको निर्णय निर्माण व्यवसायीको माग अनुसार भएमा ठेक्का अन्त्य हुने र नयाँ ठेक्का गर्नुपर्ने जसको लागि श्रोत सुनिश्चितता लगायत प्रक्रियामा जानु पर्ने हुन्छ ।
ठेकेदारको विवाद तथा सरकारी प्रक्रियामा लामो समय लाग्ने भएकाले पूर्व सहमति अनुसार नै जलविद्युत आयोजनालाई पुर्व सहमति कार्यान्वयनमा दवाव दिनुपर्नेसर्वपक्षीय बैठकमा सहभागीले निर्णय गरेको छ । यता धौलागिरि कालिका हाइड्रोका अध्यक्ष विनोद कुँवरले समुदायको हितमा जलविद्युत आयोजना सधै रहेको बताउँदै दुबै पालिका, पूर्वाधार कार्यालय, स्थानीय समुदायसँग छलफल र समन्वयका लागि आयोजना पक्ष तयार रहेको बताउनुभयो।
‘पुलका विषयमा हामीले सम्बन्धित निकायलाई समेत जानकारी गराएका छौ, समयमै पुल बनाउन आयोजनाको पक्षबाट गर्नुपर्ने समन्वयक लागि तयार छौ’ अध्यक्ष कुँवरले भन्नुभयो । सर्वपक्षीय, सर्वदलीय बैठकले निर्णयका बारेमा सञ्चालक समिति तथा स्थानीय तह, सरोकारवाला निकाय र स्थानीयबासिन्दासँग छलफल गर्ने धौलागिरि कालिका हाइड्रोले जनाएको छ । दरवाङ म्याग्दीखोला जलविद्युत आयोजना दाङखोलाबाट हाल बाँध निर्माण स्थल इल्पुमा सारिएको छ ।










