---Advertisement---

बेनीमा एक महिनाअघि चोरी गरेको मोटरसाइकल सहित एक जना पक्राउ

On: November 2, 2025 8:24 PM
Follow Us:

बेनी नगरपालिका–७ मंगलाघाटबाट एक महिनाअघि हराएको मोटरसाइकल सहित चोरीमा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गत असोज ११ गते मंगलाघाटमा कमल घर्तीले आफ्नै घरअगाडी पार्किङ गरेर राखेको ध १ प ७४९३ नम्बरको बजाज कम्पनीको पल्सर २२० सिसि क्षमताको मोटरसाइकल चोरी भएको थियो ।

यही कात्तिक ११ गते बेनपा–१ खबराको सडक छेउमा मोटरसाइकल फेला परेको र अनुसन्धानको क्रममा १२ गते बेनीको न्युरोडबाट मोटरसाइकल चोरीमा संलग्न मंगला गाउँपालिका–१ पूर्णगाउँका १९ वर्षीय सुरेन्द्र खत्रीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सीनाले बताउनुभयो ।

म्याग्दी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर खत्रीलाई चोरी सम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरीले हिरासतमा राखेको छ ।

Leave a Comment