---Advertisement---

चाडपर्वलक्षित भाग्यशाली बम्पर उपहारको योजनामा २४ जनाले पाए आकर्षक उपहारहरु 

By प्रताप बानियाँ
On: November 3, 2025 11:34 AM
Follow Us:

नेपालीहरुको मुख्य चाडपर्व हरितालिका तिज, बडादसैँ, तिहार तथा छठपर्वलाई लक्षित गरी सञ्चालित बम्पर उपहार योजना–२०८२ भाग्यशाली कुपन खोलिएको छ । म्याग्दीको सदरमुकाम बेनीबजारस्थित न्यूरोडमा रहेको नमस्ते टे«डर्स–१, मार्फत सञ्चालित ‘स्मार्ट मोबाइल किन्दा स्मार्ट मोबाइल नै उपहार’ कार्यक्रमको कुपन आइतबार एक समारोहबीच सार्वजनिक गरिएको हो ।

गएको तीजदेखि छठ पर्वसम्म सञ्चालन भएको भाग्यशाली उपहार कार्यक्रममा विभिन्न २ सय २१ जना ग्राहकहरु सहभागी भएको नमस्ते टे«डर्स–१, न्यूरोड बेनीले जनाएको छ । त्यसमध्ये २४ जना ग्राहकहरुले स्मार्ट मोबाइल फोनदेखि एअरबड्र्ससम्मका आकर्षक उपहारहरु जितेका छन् । नमस्ते टे«डर्सले पसलमा स्मार्ट मोबाइल किन्दा ग्राहकलाई स्मार्ट मोबाइल उपहारका लागि कुपन उपलब्ध गराएको थियो ।


भाग्यशाली उपहार कुपन कार्यक्रम अन्तर्गत पहिलो पुरस्कार Vivo मोबाइल Y04 मंगला गाउँपालिका–१, खुम्लियाकी सबिना आचार्यले जित्नुभएको छ । यसैगरी द्वितीय पुरस्कार Redmi A5 मोबाइल बागलुङ नगरपालिका वडानम्बर ७ की पवित्रा सापकोटा र तृतीय पुरस्कारतर्फ बारफोन मोबाइल विभिन्न ५ जनाले पाएको नमस्ते टे«डर्स–१ का सञ्चालक/प्रोप्राईटर अर्जुन आचार्यले जानकारी दिनुभयो ।

प्रोप्राईटर आचार्यका अनुसार उपहारका लागि कुपन थुत्दा बारफोन मोबाइल पाउनेमा खिमा पूर्जा, डम्बरबहादुर थापा, बिक्रम कार्की, स्वस्तिका बरुवाल र आदित्य भण्डारी रहनुभएको छ । त्यस्तै सान्त्वना पुरस्कार स्मार्टवार्च (घडी) पाउनेहरु ७ जनातर्फ रबिन भण्डारी, पुनम भण्डारी, रेखा परियार, पृया किसान, रबिना पाईजा शेरपुञ्जा, करिष्मा कार्की र डिलकुमारी पूर्जा रहनुभएको प्रोप्राइटर आचार्यले बताउनुभयो ।

सान्त्वना पुरस्कारतर्फ नै एअरबड्र्स पाउनेहरु १० जनामा हरिमाया छन्त्याल, राम कार्की, अच्युत पौडेल, लक्ष्मी विक, सुजता रोका, भूपेन्द्र कार्की, धनबहादुर पूर्जा, शंकर रत्न, रमाया छन्त्याल र प्रमिला गर्बुजा रहनुभएको प्रोप्राईटर आचार्यको भनाइ छ । बम्पर उपहारमा सहभागी भएर आकर्षक पुरस्कार जित्नेहरु सबै २४ जनालाई जानकारी गराइएकोमा कतिपयले आएर आफ्नो पुरस्कार लगेको र कतिपय ग्राहक आउन बाँकी रहेको उहाँले बताउनुभयो । नमस्ते टे«डर्सले विभिन्न समयमा भाग्यशाली उपहारका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

यसैबीच नमस्ते टे«ड–२ हुलाकचोक, नमस्ते टे«ड्र्स–१ न्यूरोड र नमस्ते टे«ड्र्स–२ हस्पिटलचोकबाट एकहजार रुपैयाँदेखि माथिको सामानहरु किन्दा सुनौलो उपहार योजना र अन्य आकर्षक पुरस्कारहरु पाउने कार्यक्रम भने निरन्तर रुपमा सञ्चालन भैरहेको छ । यसमध्ये सुनौलो उपहार योजनातर्फ प्रथम पुरस्कार एक जनालाई NTORQ स्कुटर, द्वितीय पुरस्कार सुनको औंठी एक जनालाई, तृतीय पुरस्कारतर्फ स्मार्ट टिभी एकजना र चौथो पुरस्कारतर्फ स्मार्ट मोबाइल एक जनाको लागि उपहारस्वरुप रहेको छ ।

यो कार्यक्रममा सान्त्वना पुरस्कार ५० जनालाई रहेको छ भने यसका लागि आउँदो २०८३ सालको असार मसान्तसम्म सामान खरिद गरेर उपहारमा सहभागी हुनको लागि कुपन लिन पाइन्छ । जुनसुकै कम्पनीका मोबाइल फोन तथा अन्य इलेक्ट्रोनिक्स सामानहरु खरिद गर्दा ग्राहकहरुले तीनवटै ठाउँमा सञ्चालित पसलबाट कुपन लिन सक्ने नमस्ते टे«डर्स–२, हस्पिटलचोकका सञ्चालक एवं प्रोप्राईटर श्रीप्रसाद आचार्य (ईश्वर)ले जानकारी दिनुभयो ।

प्रताप बानियाँ

Leave a Comment