म्याग्दीमा सञ्चालित वाणिज्य बैंक तथा विकास बैंकका शाखा प्रमुखहरु आबद्ध रहेको संस्था बैंकर्स क्लब म्याग्दी सोमबार पुनर्गठन भएको छ । बैंकर्सहरु उपस्थित भेलाबाट अध्यक्षमा सर्वसम्मत रुपमा सिद्धार्थ बैंकका शाखा प्रवन्धक नारायण सापकोटा चयन हुनुभएको हो ।
भेलाबाट बैंकर्स क्लबको वरिष्ठ उपाध्यक्षमा सुमित सुवेदी (सिटिजन्स बैंक), उपाध्यक्षमा ओमप्रकाश पौडेल (गरिमा विकास बैंक) सचिवमा आषिश पौडेल (कृषि विकास बैंक), कोषाध्यक्षमा मुरारी रिजाल (प्राईम कमर्सियल बैंक) र सहसचिवमा मिलनकुमार श्रेष्ठ (कुमारी बैंक) चयन हुनुभएको क्लबले जनाएको छ । यसैगरी क्लबको कार्यसमिति सदस्यहरुमा अमृतकुमार श्रेष्ठ (ग्रीन डेभलपमेन्ट बैंक), मानप्रसाद शर्मा (माछापुच्छे«) र अजित बरुवाल (कामना सेवा विकास बैंक) रहनुभएको छ ।
बैंकर्स क्लब पुनर्गठन कार्यक्रमको अवसरमा हालै म्याग्दीबाट सरुवा भएर जान लाग्नुभएका ग्लोबल आईएमई बैंक बेनी शाखाका प्रवन्धक एवं क्लबका निवर्तमान अध्यक्ष शोकेन्द्र थापा मगरलाई क्लबको तर्फदेखि मायाको चिनोसहित विदाई गरिएको थियो । सोही क्रममा ग्लोबल आईएमई बैंकमा नवआगन्तुक शाखा प्रमुख टङ्क शर्मालाई क्लबमा स्वागत गरिएको कोषाध्यक्ष रिजालले जानकारी दिनुभयो ।
यसअघि अध्यक्ष रहनुभएका थापाले आफ्नो सरुवा भएपछि राजीनामा दिनुभएको थियो भने उक्त राजीनामा स्वीकृत गरी भेलामार्फत बैंकर्स क्लब पुनर्गठन गरिएको जनाइएको छ । कार्यक्रम बैंकर्स क्लबका अध्यक्ष सापकोटाको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष सुमित सुवेदीको स्वागत र सहसचिव मिलनकुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।









