नेपालमा हुलाक कार्यालयलाई समयानुकूल परिमार्जन गर्दै चुस्त, छरितो,प्रविधिमैत्री तथा विश्वसनीय बनाउनुपर्ने म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रममा बक्ताले जोड दिएका छन् ।
हुलाक सेवा विभागले म्याग्दीका स्थानीय तहसँग आयोजित कार्यक्रममा सिमित स्रोतसाधन, जनशक्तीका कारण समस्या झेल्दै आएको हुलाकलाई प्रयाप्त स्रोतसाधन सहित आधुनिक सेवामार्फत सेवाग्राहीलाई आर्कषित गर्नुपर्ने बताइएको थियो । कार्यक्रमको उद्घाटन गदैं जिल्ला समन्वय समितिकी कार्यबहाक प्रमुख दिलकुमारी खत्रीले हुलाकको महत्व तथा प्रयोगलाई बढाउन स्रोतसाधनको आवश्यकता रहेको बताउनुभयो ।

आमसर्वसाधारणको पहुँचसम्म हुलाक सेवा पु¥याउने अहिलेको जनशक्ती सहितको नितिले सम्भव नभएको कार्यबाहक प्रमुख खत्रीको भनाई थियो । हुलाक सेवा विभागकी महानिर्देशक मनमायाँ भट्टराइले हुलाक सेवा सूचना तथा सञ्चारको भरपर्दो माध्यम भएकाले यसको प्रयोगमा जनताको चासो दिनुपर्ने तथा समयानुकूल आफ्नो स्वरूपलाई परिमार्जन गर्दै आधुनिक सेवाका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।
सोही अवसरमा रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जिल्ला हुलाक कार्यालय म्याग्दीले समुदायस्तरमा रचनात्मक कार्यहरू हुलाकको महत्व र प्रयोगमा प्रोत्साहन गरिरहेको बताउनुभयो । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले हुलाक कार्यालयभित्र स्थापना गरिने सूचना प्रविधि कक्षका लागि निजी क्षेत्रले सहकार्य गर्ने बताउँदै हुलाकमार्फत जिल्लाभित्रका सेवाप्रवाह प्रभावकारी बनाउन आवश्यक सहकार्य गरिने बताउनुभयो ।

सोही अवसरमा जिल्ला हुलाक कार्यालयका प्रमुख रमेश थापाले स्मार्ट हुलाक निर्माणको उद्देश्य साकार गर्न १० बँुदे घोषणापत्र जारी गदै म्याग्दीबाट हुलाकको नमुना प्रयोगको सन्देश देशभर फैलाउने बताउनुभयो ।

म्याग्दीका स्थानीय तहका जनप्रतिनिधि, सरकारी निकाय, निजी संघसंस्था, विद्यालय, वित्तीय संस्था सहितको उपस्थितीमा भएको कार्यक्रममा हुलाक सेवा विभागका निर्देशक लिलाराम पौडेलले हुलाक सेवाको परिचय र वर्तमान स्वरुप, विभागका शाखा अधिकृत शालिकराम बस्यालले हुलाक सेवाको विविध सेवा सम्बन्धी प्रस्तुती, जिल्ला हुलाक कार्यालयका प्रमुख थापाले म्याग्दी हुलाकको प्रगति तथा सेवा सम्बन्धि, महानिर्देशक भट्टराइले हुलाक सेवाको रुपान्तरण र यसको भविस्य सम्बन्धि प्रस्तुती गर्नुभएको थियो ।

म्याग्दीको हुलाक कार्यालयले रुपान्तरित सेवा अन्तरगत इ–कमर्सको अवधारणाको प्रयोगसँगै चिठीपत्र बाहेक खाद्यान्न साम्रागी लत्ताकपडा, मोबाइल, औषधि लगायतका मालसामान पठाउने गरेको छ । म्याग्दीमा पाँचवटा पालिकास्तरीय हुलाक र अतिरिक्त हुलाक २९ वटा छन् भने हुलाकी १ र हल्कारा २६ जना कार्यरत छन् ।










