म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङ स्थित खेलकुद सँगै सामाजिक क्रियाकलापमा सक्रिय पश्चिम म्याग्दी दरबाङ युथ क्लबको छैटौं अधिवेशनबाट अध्यक्षमा नगेन्द्र मल्ल चयन हुनुभएको छ । सोमबार क्लबको सभाहलमा सम्पन्न अधिवेशनबाट अध्यक्ष पदमा मल्ल सर्वसम्मत चयन हुनुभएको हो । यस अघि क्लबको अध्यक्ष खिमबहादुर पुन हुनुहुन्थ्यो । क्लबको उपाध्यक्षमा विश्वास पुन ,सचिवमा बिमल शर्मा ,सहसचिवमा बबिन फगामी ,कोषाध्यक्षमा विकास राम्जाली ,सह–कोषाध्यक्षमा बिशेष बुढा चयन हुनुभएको छ ।

यसैगरी कार्यसमिति सदस्यहरुमा टन्डिन लामा , बिपुल कार्की लगायत रहनुभएको छ ।क्लब अध्यक्ष मल्ला जिल्ला खेलकुद विकास समिति म्याग्दीको कोषाध्यक्ष समेत हुनुहुन्छ । क्लब मार्फत युवाहरुलाई प्रोत्सान संगै खेलकुद क्षेत्रको विकासका लागि विभिन्न संघसंस्था र निकायसँग समन्वय एवं सहकार्य गर्ने अध्यक्ष मल्लले बताउनुभयो ।












