---Advertisement---

सिंगा र तातोपानीमा बजार अनुुगमन

On: November 10, 2025 8:00 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका–४ सिंगा र तातोपानीमा सोमबार बजार अनुुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दी, उद्योग तथा पर्यटन कार्यालय, प्रहरी, उद्योग वाणिज्य संघको टोलीले सिंगा, ठूूलोखोला र तातोपानी बजारका १२ वटा पसलको अनुुगमन गरेको हो ।

अनुुगमनका क्रममा ब्यापारीले बिक्रीका लागि राखेका म्याद नाघेका बस्तुु जफत गर्नुका साथै सुधारका लागि निर्देशन दिएको उद्योग तथा पर्यटन कार्यालयका कम्प्युुटर सहायक सन्तोष ढुंगानाले बताउनुभयो । पेय पदार्थ, चिउरा, बिस्कुुट लगायत म्याद नाघेका बस्तु बिक्रीका लागि राखेका पाइएको थियो ।

सामान खरिद गर्नुुअघि म्याद हेर्न, म्याद नाघेका बस्तुु फिर्ता पठाउन, मूूल्यसूचि राख्न र अन्तशूल्कको इजाजत लिएर मात्र मदिराको कारोबार गर्न सुझाव दिएको छ । ब्यवसायीहरुले भने बिक्रेताहरुले म्याद सकिन लागेका बस्तु बिक्री गर्न ल्याउने र गाउँतिर पठाउने गरेको बताएका छन् । सिंगा तातोपानीका कृष्ण सार्कीले बेनीबाट आएका ब्यापारीसँग एक हप्ताअघि राखेको सामानको म्याद सकिन लागेको अनुुगमन टोली आएपछि थाहा पाएको बताउनुभयो ।

Leave a Comment