---Advertisement---

धवलागिरीको छैठौ राष्ट्रपति रनिङ्ग शिल्ड धनजनता माविको पोल्टामा

On: November 11, 2025 9:03 PM
Follow Us:

धवलागिरी गाउँपालिका–७ ताकममा मंगलबार सम्पन्न अन्तर माध्यमिक विद्यालय पालिका स्तरीय छैठौ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा फलीयागाउँको धजनजता मावि बिजयी भएको छ ।

धवलागिरी गाउँपालिकाको आयोजनामा तीन दिन सम्म सञ्चालन भएको प्रतियोगितामा १३ स्वर्ण, तीन कास्य र पाँच वटा रजत पदक जित्दै बिजेता भएको हो ।

धनजनताले यसअघि दोस्रो र पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको पनि उपाधी जितेको थियो । दोस्रो भएको ताकम माविले सात स्वर्ण, पाँच कास्य र चार रजत तथा तेस्रो भएको हेम नमुना आवासीय माविले दुई स्वर्ण, छ कास्य र छ रजत पदक जितेको धवलागिरी गाउँपालिकाको शिक्षा शाखाका प्रमुख ख्यामराज सुवेदीले बताउनुभयो ।

बिजेताले नगद रु. ६० हजारको साथमा रनिङ्ग शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दृतीय र तृतीय हुने विद्यालयलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु. ४० हजार र ३० हजार प्रदान गरिएको छ । १२ वटा विद्यालयका विद्यार्थीहरुबीच एथलेटिक्स र भलिबल बिधाको २८ वटा खेलमा प्रतिस्पर्धा भएको थियो । जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, प्रतियोगिता संयोजक तथा ताकमका वडा अध्यक्ष अशोक खत्री लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगिताको सबै बिधामा प्रथम हुने खेलाडीलाई धवलागिरी गाउँपालिका–३ फलीयागाउँका रेशम भण्डारीले व्यक्तिगत रुपमा नगद रु. तीन हजारका दरले रु. ९० हजार पुरस्कार प्रदान गर्नुभएको छ । यसैगरी एथलेटिक्स र भलिबलको छात्राछात्र तर्फ उत्कृष्ट हुने चार जनालाई हाल अस्टे«लीयामा रहेका धवलागिरी गाउँपालिकाका पूर्व कर्मचारी आस्विन खत्रीले रु. दुई हजार पाँच सयका दरले नगद पुरस्कार उपलब्ध गराउनुभएको छ ।

Leave a Comment