---Advertisement---

वैदेशिक रोजगारीमा ज्यान गुमाएका बिबशको छोराछोरीलाई सहयोग

On: November 11, 2025 11:27 PM
Follow Us:

वैदेशिक रोजगारीको सिलसिलामा रोमानियामा निधन भएका म्याग्दीको मंगला गाउँपालिका-५,अर्मन देउरालीका विवश विश्वकर्माको छोराछोरीलाई शिक्षादीक्षाका लागि एक ब्यक्तिले ४ लाख सहयोग गर्नुभएको छ ।

सडक दुर्घटनामा ज्गान गुमाएका विश्वकर्माका ६ बर्षका छोरा रिजन विश्वकर्मा र ३ बर्षकी रियाशा विश्वकर्माको पठनपाठनका लागि मंगला–५ अर्मन सेराफाँट स्थायी घर भई हाल काठमाण्डौमा रहनुभएका बलभद्र ढकालले उनीहरूको नाममा प्रभु बैंकमा रहेको छुट्टाछुट्टै बैंक खातामा रू दुई–दुई लाख आर्थिक सहयोग गर्नुभएको हो ।

उक्त सहयोग बावियाचौरकी भिमकुमारी बुढाथोकीले मृतककी श्रीमति रेजिना विश्वकर्मा, प्रभु बैंक मंगला शाखाका जयन्द्र रोका मगरको उपस्थितीमा हस्तान्तरण गर्नुभएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा बुढाथोकीले सहयोगदाता ढकालले मृतकको शब नेपाल ल्याउने प्रक्रिया सहित विभिन्न ‘सहयोग गरेको बताउनुभयो ।


‘घरको आम्दानीको स्रोत नै गुमेपछि अब बालबालिकालाई उच्च शिक्षासम्म लाग्ने खर्च जुटाउन चुनौती छ,संकलित सहयोग सहित थप स्रोत जुटाएर भविस्यमा पनि अभाव हुन नदिने प्रयासमा छौ’ सहयोगदाता ढकालको भनाई उद्धित गदैं बुढाथोकीले भन्नुभयो । मृतक विश्वकर्माको परिवार पहिरो पीडित समेत हुन् ।

सोही अवसरमा मृतककी श्रीमति रेजिनाले श्रीमानलाई कर्मभूमीमा गुमाएपनि छोराछोरीलाई अभाव हुन नदिने गरी संघर्ष गर्ने बताउनुभयो । उहाँले दुखमा सहयोग गर्नुहुने ढकाललाई धन्यवाद समेत दिनुभयो । बैदेशिक रोजगारीको क्रममा विश्वकर्माको असार महिनाको ६ गते साइकलबाट कोठामा फर्किने बेलामा सडक दुर्घटना भएको थियो । मृतकको परिवारलाई स्वदेश तथा विदेशबाट सहयोग समेत गरिएको थियो ।

Leave a Comment