---Advertisement---

म्याग्दीमा प्रतिनिभिसभाका लागि ८२ मतदानस्थल सिफारिस

On: November 13, 2025 11:14 AM
Follow Us:

जेनजी आन्दोलनपछि बनेको सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गरेसँगै म्याग्दीमा निर्वाचतको तयारी सुरू भएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलनसँगै मतदानस्थल समेत निर्धारण गरी प्रस्ताव गरेको छ ।


प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीको अध्यक्षतामा बसेको जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले म्याग्दीमा ८२ वटा मतदानस्थल सर्वसम्मतिले तोकेर सिफारिस गरेको निर्वाचन अधिकृत बिमल गौतमले बताउनुभयो । ‘निर्वाचनको तयारी सुरू भएको छ, मतदाता संख्याको आधारमा पछि मतदान केन्द्रको संख्या निर्धारण हुने छ’ प्रमुख गौतमले भन्नुभयो । म्याग्दीमा बि.स २०७९ सालमा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा म्याग्दीमा ८२ वटा मतदानस्थलमा ११९ मतदान केन्द्र र जिल्ला कारागारमा एक वटा अस्थायी मतदान केन्द्र थिए ।


प्रतिनिधिसभामा एक वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीका छ स्थानीय तहमा ४५ वटा वडा छन् । म्याग्दीमा २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ८६ हजार १२० जना मतदाता रहेको म्याग्दीमा निर्वाचन आयोगले पछिल्लो पटक असोज ८ गते सार्वजनिक गरेको मतदाता नामावली विवरणअनुसार मृत्यु, बसाईसराई, दोहोरोन नामाबली भएका १६ सय मतदाता घटाएर ८४ हजार ५२० जना कायम भएको छ । आगामी कात्तिक ३० गतेसम्म नयाँ मतदाता नामावली संकलन भइरहेको छ ।

Leave a Comment