जेनजी आन्दोलनपछि बनेको सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गरेसँगै म्याग्दीमा बुधबारसम्म ५ सय ५४ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा दैनिक ३० देखि ८० जनासम्म नयाँ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ ।
थपिएका मतदातामा पुरूष ३५० र महिला २०४ जना रहेको निर्वाचन अधिकृत बिमल गौतमले बताउनुभयो । नाम दर्ता गराउनेमा अधिकांश २५ वर्षमुनिका धेरै भएपनि बैदेशिक रोजगारीबाट फर्किएकाहरु समेत धमाधम आउन थालेको निर्वाचन अधिकृत गौतमको भनाई छ । नयाँ मतदाता नामावली संकलनसँगै हालसम्म २८ मतदाताको क्रुटि सच्चाइएको छ भने ठाँउसारी ४६ जनाको गरिएको छ ।

म्याग्दीमा २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ८६ हजार १२० जना मतदाता रहेको म्याग्दीमा निर्वाचन आयोगले पछिल्लो पटक असोज ८ गते सार्वजनिक गरेको मतदाता नामावली विवरणअनुसार मृत्यु, बसाईसराई, दोहोरोन नामाबली भएका १६ सय मतदाता घटाएर ८४ हजार ५२० जना कायम भएको छ । आगामी कात्तिक ३० गतेसम्म नयाँ मतदाता नामावली संकलन भइरहेको जिल्ला निर्वाचन कार्यालय, म्याग्दीका सूचना अधिकारी गोविन्द थापाले जानकारी दिनुभयो । निर्वाचनका लागि म्याग्दीमा ८२ मतदानस्थल सिफारिस समेत गरिएको छ ।









