लोकप्रिय लोकदोहोरी गायिका बिमला श्रीषको ’म्याग्दीखोले दाई’ गीत बजारमा आएको छ । खेम सेञ्चुरी, बिमला श्रीषको स्वरमा रहेका गीतको शब्दसंगित गायिका श्रीषको रहेको छ भने एरेन्ज कृष्ण भान्जाले गरेका छन् । गायिका बिमला श्रीपको आफ्नै यूउटुव च्यानलबाट बजारमा आएको उक्त गीत यो बेला निकै चर्चामा छ।
गीतको भिडियोमा बिजय पुन र जुना नेपालीको अभिनय रहेको छ भने निर्देशन बिक्रम चौहानले गरेका छन् । गीतकी गायिका श्रीषले गीतमा आफ्नो रचनात्मक प्रतिक्रियाका लागि सुझाव दिनुभएको छ । लोकदोहोरी सहित मौलिक गीतमा समेत आफ्नो स्वर दिनुभएकी श्रीषले म्याग्दी जिल्लालाई जोडेर विभिन्न गीतहरु बजारमा ल्याउनुभएको छ ।














