म्याग्दी प्रवासी नेपाली संघ मोना दक्षिण कोरियाले म्याग्देलीको तथ्याङ्क संकलनलाई तिब्रता दिएको छ । रोजगार, ब्यवसाय र शिक्षाको सिलसिलमा दक्षिण कोरियामा आएका म्याग्देली बिचको एकता तथा सहकार्य तथा कुनै समस्या परेमा तत्काल उद्धार तथा सहयोगमा समेत ‘सहज हुने गरी विवरण संकलन सुरु गरिएको हो ।
१५औं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठकले सफ्टवेयरको सहायताबाट सामाजिक सञ्जालमार्फत तथ्याङ्क संकलन अभियान सुरु गरेको अध्यक्ष दिनेश कार्कीले बताउनुभयो ।
‘कोरियामा रहेका सबै म्याग्देलीलाई यो अभियानमा जोडिन अनुरोध गर्दछु, यो एउटा अभियानमात्रे होइन म्याग्देली बिच नियमित सम्पर्क स्थापित गर्ने दिर्घकालिन माध्यम समेत हो’अध्यक्ष कार्कीले भन्नुभयो ।कोरियामा रहेका म्याग्देलीले आफ्नै मोबाइलबाट विवरण दिन मिन्छ ।
Link:- https://forms.gle/6X3bxgqC3RLoh6fEA
कम्पनी वा कुनैपनि स्थानमा समस्यामा परेमा आपतकालिन उद्धार सहितका कार्यहरुमा सहज हुने भएकाले म्याग्देलीले यो अभियानमा उत्साहजनक रुपमा सहभागिता जनाइरहेको महासचिव प्रेम भण्डारीको भनाई छ ।
तथ्याङ्क संकलनमा सघाउने गरी पुल खेल प्रतियोगिताको समेत आयोजना गरिएको छ । मोना कोरियाले समस्यामा परेका म्याग्देलीको कानुनी लडाई, आर्थिक सहयोग सहित खेलकुद लगायतका कार्यमा समेत यो अभियानले विगतमा भन्दा उत्साहजनक उपस्थिति हुने अनुमान गरिएको छ ।















