धीरन खत्री/आफ्नो र परिवारको भविष्यलाई सहज गराउने सबै नेपालीहरुको आधार रोजगारी र ब्यवसाय हो । ब्यवसाय र रोजगारीको शिलशिलामा जन्मभूमि छोडेर प्रदेश जाने सबैको रहर भन्दापनि बाध्यता जस्तै बनेको छ । प्रदेशमा कानुनी प्रक्रियामा रहनुपर्छ ।
कसैको प्रलोभनमा परेर कार्यरत कम्पनीमा काम छोडेर भाग्दा भिषाको समय सिद्धिने र काम नपाउनाले अलपत्र पर्नुको साथै जरिवाना समेत आउने क्रम बढेको छ। यूएई सरकारले गैरकानुनी रुपमा बसेको ब्यक्तिलाई जरिवाना लगाउछ् । त्यो जरिवाना कानुनी प्रक्रियाबाट पुरा नगरेसम्म स्वेदश फर्कन समस्या हुन्छ ।
पछिल्लो समय युएईमा कम्पनी छोडेर अलपत्र पर्ने म्याग्देलीहरुको संख्या पनि बढ्दै गएको छ। आफुखुशी कम्पनी छोड्ने, भिषाको म्याद सकिएको थाहा नहुने र परिवारबाट सम्पर्कविहिन हुने म्याग्देलीहरु अलपत्र परेको भन्दै उद्धारको लागि संस्थामा सम्पर्क आउने क्रम बढेको छ। ठोस आधारबिना आफू कार्यकरत कम्पनी नछोड्न म्याग्दी प्रवाशी नेपाली संघ राष्ट्रिय कार्यसमिति यूएईका अध्यक्ष काजीमान बुढाथोकीले आग्रह गर्नुभएको छ।
पछिल्लो एकहप्तामा कम्पनी छोडेर भागेर अलपत्र परेका दुईजना म्याग्देली सम्पर्कमा आएका छन् । धवलागिरी गाउँपालिका वडानम्वर ६ मराङका गणेश दमाई र मालिका गाउँपालिका देवीस्थान पन्थोकका तीलक परियार । यी दुई सम्पर्कमा आएका पात्र भए, अन्य धेरै छन् । रोजगारी शिलशिलामा हुदाँ आकस्मीक रुपमा ठुलै समस्या भएपछि आफन्त र संस्था खोज्ने प्रचलन बढेको छ। अन्य समय संस्थाको सम्पर्कमा हुदैनन् । यी दुई ब्यक्तिको उद्वारका लागि नेपाली समाजका पूर्व अध्यक्ष बेदप्रसाद अर्यालसंग सहकार्य मोनाको भईरहेको छ ।
बर्षमा एकदुईजनालाई उद्वार गर्न संस्थालाई समस्यापनि थिएन् । समस्या परेका ब्यक्तिलाई सबै म्याग्देली मिलेर संस्थामार्फत सहजीकरण गरिरहेका थियौ । तर दिनप्रतिदिन, अलपत्र, विरामी, भिषा सिद्धिएको, परिवारमा सम्पर्कविहिन हुने ब्यक्तिहरुलाई खोजीदिन र घरफर्काउन अपिल धेरै आउने गर्छ । त्यसरी कम्पनी छोडेका गैरकानुनी रुपमा बसेर पासपोर्ट र कुनै कानूनी कागजात नभएका कारण टिकट लिएर स्वदेश फर्काउन पनि समस्या छ ।
कम्पनी काम गाह्े भयो, तलव पाइएन भनेर कम्पनी छोडेर भाग्नुहुन्छ, त्यसपछि त्यो भन्दा ठूलो समस्या कम्पनी छोड्ने ब्यक्तीलाई सुरु हुन्छ । कानुन अनुसार कागजपत्र नभएपछि जरिवाना युएई सरकारले लगाएको छ। कागजात नभएका व्यक्तिलाई खोज्ने, पक्राउ गर्ने गरेको छ ।
अर्को कुरा त्यसरी कम्पनी छोडेर भागेकाहरु नेपाल फर्किन सहयोग माग्ने गर्छन् । यस्तो समयमा समस्या परेको ब्यक्तिलाई घर फर्काउन संस्थालाई आर्थिक समस्या बढ्ने हुदाँ म्याग्दीका स्थानीय तहले सहजीकरण गर्दिएमा सहज हुने मोनाका अध्यक्ष काजीमान बुढाथोकीले बताउनुभयो । ‘ स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी विदेशमा रहेको म्याग्देली संस्थासंग सम्पर्कमा रहने, विदेश जाने युवाहरुलाई सचेत र जिल्लाका संघसंस्थामा आवद्ध गर्नमा पहल र सजग पालिकाले गर्नुपर्ने देखिन्छ।’
विदेश जान वित्तिकै राम्रो रोजगारी पाईन्छ भन्ने धारणा बनाएर भिजिट भिषामा आउनेपनि अलपत्र पर्ने पनि बढेका छन् । रोजगारी नपाएर अलपत्र हुने नेपाली पार्क र गल्लीमा सुत्ने र कसैले दिएको खाएर बस्ने गरेको मोना यूएई बरिष्ठ उपाध्यक्ष किरन खत्री (नविन) ले बताउनुभयो ।
कमाउन आएको, परिवारको आर्थिक अवस्था केहि सुधारौं भनेर आएको मान्छे, थोरै सचेत नहुँदा दुःख पाएको भेटिन्छ । रोजगारीका लागि आएका कतिपय म्याग्देलीहरु धेरै बर्षदेखि परिवारसँग सम्पर्क नभएको पनि भेटिन्छन् । उनीहरुलाई मोनाको आग्रह छ,– ‘परिवारसँग कुराकानी गर्नुस्, सम्पर्कमा रहनुस् । आफ्नो परिवारसँग सम्वन्धलाई राम्रो बनाएर नेपाल फर्किन प्रयास गर्नुस् ।’














