---Advertisement---

दोस्रो लायन्स छात्रा फुटबल मंसिर १८ देखि २० गते सम्म हुने

On: November 16, 2025 11:49 AM
Follow Us:

आगामी मंसिर महिनामा सदरमुकाम बेनीबजारमा दोस्रो लायन्स कप जिल्ला स्तरीय अन्तर माबि छात्रा रनीङ शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । म्याग्दीमा रहेका छात्रा फुटबल प्रतिभाको पहिचान गर्ने उदेश्यले लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजना, जिल्ला खेलकुद विकास समिति, लियो क्लव अफ बेनी लभ्लीहिल,जिल्ला फुटबल संघ म्याग्दीको सह–आयोजनामा मंसिर १८ देखि २० गते सम्म सदरमुकाम बेनीबजारस्थित खुल्लामञ्चमा आयोजना गरिएको क्लवका सचिव प्रेम नेपालीले बताउनुभयो ।


म्याग्दीमा कक्षा १० सम्म अध्ययनरत छात्रा विद्यार्थीको प्रतिभा पहिचान तथा जिल्ला हुदै प्रदेश र राष्ट्रियस्तर खेलसम्म पुग्नेगरी आवश्यक प्रशिक्षण लगायतका अवसरका लागि प्रतियोगिताको आयोजना गरिएको प्रथम लायन्स कप सफल भएपछि थप ब्यवस्थित सहित दोस्रो कप आयोजना गरिएको क्लव अध्यक्ष ओमप्रसाद शर्मा बताउनुभयो ।

‘प्रसार–प्रसार सहित आवश्यक तयारीमा जुटेका छौ, यसअगाडीको प्रतियोगितामा सहभागि भएका छात्राहरु अहिले प्रदेशस्तरीय क्लवमा आवद्ध समेत हुनुभएको छ, अझै राम्राप्रतिभालाई अवसर दिन समेत हरेक बर्ष प्रतियोगिता गरिने छ’ अध्यक्ष शर्माले भन्नुभयो । प्रतियोगिताका लागि म्याग्दीमा रहेका संस्थागत तथा सामुदायिक विद्यालयलाई पत्रचार गरिएको छ ।


प्रतियोगिताको विजेताले ४० हजार, उपविजेता २५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र र अनु्शासित टिम ५ हजार तथा उत्कृष्ट खेलाडी,उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टाइकर, उत्कृष्ट कोच र उत्कृष्ट राइजिङ प्लेयरलाई नगद सहित पुरस्कृत गरिनेछ । प्रतियोगिताका लागि जिल्ला फुटबल सङ्घ म्याग्दी र लायन्स क्लब अफ बेनी लभ्लिहिबिच सम्झौता अनुसार एन्फा लाइसेन्स प्राप्त रेफ्रीले खेल खेलाउने छन् ।

जिल्ला फुटबल संघका अध्यक्ष कुमार बानियाँले छात्रा फुटबलले खेलाडी पहिचानमा कोशेढुंगा सावित भएको बताउनुभयो। जिल्ला खेलकुद विकास समितिले समेत फुटबल खेलसँगै खेलाडीको पहिचान, प्रशिक्षण सहित प्रतियोगितालाई प्रोत्साहन गरेकाले छात्राहरुलाई सहज भएको छ । प्रथम लायन्स कपको डिफेन्डिङ च्याम्पियन न्यू वेष्ट पोइन्ट आवासिय मावि रहेको छ ।

Leave a Comment