रोजगार र ब्यवसायको शिलशिलामा यूएईमा रहेका नेपालीहरुमा खेलकुदमार्फत एकताको सन्देश र अन्तर जिल्लाविच सहकार्य बढाउने उद्देश्यले म्याग्दी प्रवाशी नेपाली संघ, राष्ट्रिय कार्यसमिति यूएईले तेस्रो मोना भलिबल कप प्रतियोगिता आयोजना गरेको छ । मोना कप भलिबल प्रतियोगिता दुवैस्थित अलनासर क्लवमा आउँदो नोभेम्वर ३० तारिख हुने छ ।
यूएईमा रहेका विभिन्न जिल्लाका भलिबलप्रेमी सक्रिय संघसंस्थालाई प्रतियोगितामा सहभागिता जनाउन मोना यूएईले आव्हान गरेको छ । प्रतियोगितामा विजेता र उपविजेता हुने टिमलाई ट्रफी,मेडल, प्रमाणपत्र सहित ५ हजार ५५५ र ३ हजार ३३३ डिरामले पुरस्कृत गरिने मोना यूएईका खेलकुद संयोजक बेल फगामीले बताउनुभयो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी,उत्कृष्ट स्पाईकर,उत्कृष्ट लिब्रो,उत्कृष्ट सेतर र उत्कृष्ट सर्भरलाई आर्कषक पुरस्कार रहेको अध्यक्ष काजीमान बुढाथोकीले जानकारी दिनुभयो । अध्यक्ष बुढाथोकीका अनुसार प्रतियोगिता सफल बनाउन विभिन्न उपसमिति समेत गठन गरिएको छ । प्रतियोगितालाई गोल्ड स्पोन्सर मोन अन्तराष्ट्रि«यका अध्यक्ष ददीवल खड्का, उपाध्यक्ष हरि राम्जाली र सल्लाहकार मिम पूर्जाले प्रायोजन गर्नुभएको छ भने सिल्भर स्पोन्सर सहित करिब ७० जनाले आर्थिक सहयोग गरेका छन् ।











