---Advertisement---

म्याग्दीमा समुदाय-प्रहरी जिल्ला समिति गठन, समुदायस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गरिने

On: November 16, 2025 6:53 PM
Follow Us:

म्याग्दीमा प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीको संयोजकत्वमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमको जिल्ला समितिको पुर्नगठन भएको छ । समाजमा शान्ति र स्थायित्वका लागि समुदायमा आधारित विभिन्न कार्यक्रका लागि गठित समितिको ‘सह–संयोजक प्रहरी नायव उपरीक्षक, सदस्य सचिवमा जिल्ला प्रहरी कार्यालय समुदायिक सम्पर्क अधिकृतलाई तोकिएको छ ।

त्यसैगरी सदस्यहरूमा सामुदायिक प्रहरी सेवा केन्द्र, स्थानीय सरकारका निकाय तथा नागरिक संसघंस्था, विद्यालय, अभिभावक, महिला तथा बालबालिका संस्था, नेपाल पत्रकार महासंघ, नाग।रक समाज, म्याग्दी उद्योग वाणिज्य संघ तथा अन्य सामाजिक संघसंस्था गरी ११ सदस्यीय समिति गठन भएको छ । समितिको सल्लाहकारमा जिल्ला समन्वय समिति, म्याग्दीका नगर तथा गाउँपालिकाका प्रमुख रहनुभएको सदस्य सचिप प्रहरी निरीक्षक गोविन्द सुबेदीले बताउनुभयो ।


बि.स २०७५ सालमा गठिन भएको समितिको पुर्नगठनसँगै स्थानीय तहका प्रमुखको संयोजकत्वमा पालिकास्तरीय र वडा अध्यक्षको संयोजकत्वमा वडातहमा समेत गठन गरी समुदायमा आधारित विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले बताउनुभयो । प्रहरीले समितिमार्फत स्थानीय तह, समुदाय, सामाजिक सङ्घसंस्था तथा विद्यालयसँगको साझेदारीमा विभिन्न कार्यक्रम सञ्चालन गर्न थप सहज हुने प्रनाउ थापाको भनाई छ ।

यस कार्यक्रममार्फत जिल्ला, पालिका, वडा, टोल र विद्यालय तहसम्म समितिमार्फत विभिन्न रचनात्मक कार्यमार्फत अपराध न्यूनिकरण सहित समाजका हरेक समस्या समाधानमा केन्द्रित हुने प्रनाउ थापाको भनाई छ । म्याग्दीमा गत आर्थिक बर्ष २०८१÷०८२ सालमा १९ सय ५२ कार्यक्रममार्फत कुल ३२ हजार २२९ जना नागरिक प्रत्यक्ष लाभान्वित भएका प्रहरीले जनाएको छ । म्याग्दीमा समुदायस्तरमा सञ्चालित गतिविधिले प्रहरी र समुदायको सम्बन्ध स्थापित तथा अपराध रोकथाम, अपराधको अनुसन्धानमा जनसहभागितालाई समेत बढाएको छ ।


प्रहरीले लागू औषध विरुद्ध जनचेतनामूलक, साइबर अपराध,दुर्घटना न्यूनीकरण, आत्महत्या न्यूनिकरण, जबरजस्ती करणी विरुद्ध, प्राकृतिक सम्पदाको दोहन नियन्त्रण, वातावरण संरक्षण, विपद् व्यवस्थापन,मानव बेचबिखन विरुद्ध, बालविवाह लगायत सामाजिक कुरिती विरुद्ध जनचेतना अभिवृद्धि लगायतका क्षेत्रलाई प्राथमिकता दिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिकी कार्यबाहक प्रमुख दिलकुमारी खत्री, बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रमुख जिल्ला अधिकारी तिवारी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ लगायत सरोकारवाला निकायका प्रतिनिधिहरुले अ सामुदायिक प्रहरी सेवामार्फत समाजलाई सुरक्षित बनाउन सकिने बताइएको थियो ।

Leave a Comment