---Advertisement---

स्ववियु म्याग्दीले माविस्तरीय वक्तृत्वकला गर्ने

On: November 16, 2025 9:17 PM
Follow Us:

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पसले जेन–जी आन्दोलनलाई लिएर ‘राष्ट्र निर्माणका लागि जेनजी आन्दोलनको परिणाम’ भन्ने विषयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।

भ्रष्टाचार, असमानता, जलवायु परिवर्तनजस्ता विषयहरू लिएर आवाज उठाउँदै भएको जेन–जी आन्दोलन यूवाले अवसरका रुपमा लिनुपर्ने भन्दै स्ववियुले म्याग्दी जिल्ला र पर्वत जिल्लाको जलजला गाउँपालिका भित्रका माविका विद्यार्थीले सहभागिता जनाउने स्ववियु सचिव मञ्जुर कटुवाल क्षत्रीले बताए ।


प्रतियोगितामा प्रथमले ६ हजार, द्धितिय ५ हजार, तृतिय ४ हजार, मेडल र प्रमाणपत्र प्रदान गर्ने छन् । स्ववियुले क्याम्पस तथा विद्याmलयका विद्यार्थी बिचको सहकार्यका लागि प्रतियोगिताको आयोजना गरिएको सभापति संगम चोखाल क्षत्रीले बताए ।

उनले विद्यार्थीले जेनजी आन्दोलनमार्फत राष्ट्रियता निर्माण तथा समाजलाई सकारात्मक कार्यमा केन्द्रित गर्न आवश्यक रहेकाले प्रतियोगितामार्फत विद्यार्थीको क्षमतालाई पहिचानको प्रयास भएको बताए । प्रतियोगितामा उत्साहजनक सहभागिताका लागि समेत स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पसले अनुरोध गरेको छ ।

Leave a Comment