---Advertisement---

म्याग्दीमा थपिए ७ सय ७६ नयाँ मतदाता

On: November 17, 2025 7:33 PM
Follow Us:

म्याग्दीमा ७ सय ७६ नयाँ मतदाता थपिएका छन् । जेन–जी पुस्ताले गरेको आन्दोलनबाट बनेको सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गरेसँगै सोमबारसम्म थपिएका मतदातामा पुरूष४ सय ८२ जना, महिला २ सय ९४ जना रहेका छन् ।

जिल्ला निर्वाचन अधिकृत बिमल गौतमका अनुसार ५९ मतदाताको क्रुटि सच्चाइएको छ भने ठाँउसारी १ सय ८१ जनाको गरिएको छ । नाम दर्ता गराउनेमा अधिकांश २५ वर्षमुनिका धेरै भएपनि बैदेशिक रोजगारीबाट फर्किएकाहरु समेत धमाधम आउन थालेको निर्वाचन अधिकृत गौतमको भनाई छ । आगामी मंसिर ५ गतेसम्मका लागि थपिएको समयअवधिभर मतदाता नामावली दर्ताका अधिकांस जेन–जी पुस्ताका रहेका छन् ।


मतदाता नामावली संकलनमा राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली संकलन सुरु गरेपछि नयाँ मतदातालाई सहज भएको छ । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि जैविक विवरण (फोटो तथा औँठाछाप) दिन सकिने व्यवस्थाका कारण अनलाइनबाट दर्ताका विवरण आयोगबाट आएसँगै म्याग्दीमा मतदाताको संख्या अझै थपिने अनुमान गरिएको छ ।

यस क्रममा म्याग्दीमा २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ८६ हजार १२० जना मतदाता रहेको म्याग्दीमा निर्वाचन आयोगले पछिल्लो पटक असोज ८ गते सार्वजनिक गरेको मतदाता नामावली विवरणअनुसार मृत्यु, बसाईसराई, दोहोरोन नामाबली भएका १६ सय मतदाता घटाएर ८४ हजार ५२० जना कायम भएका थिए । निर्वाचनका लागि म्याग्दीमा ८२ मतदानस्थल सिफारिस समेत गरिएको छ ।

Leave a Comment