---Advertisement---

उत्कृष्ट चार करदाता सम्मानित

On: November 20, 2025 8:37 PM
Follow Us:

आन्तरिक राजश्व कार्यालय बागलुङले म्याग्दीको घलेन्दी हाइडेओ लिमिटेड सहित चार उत्कृष्ट करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा कार्यालयले बिहीबार आफ्नो कार्यक्षेत्रका चार जिल्लाका उत्कृष्ट करदाताहरुलाई सम्मानित गरेको हो । कार्यालयले बागलुङबाट ग्रीन डिभेलपमेन्ट बैँक लिमिटेड, पर्वतबाट दी क्लिफ प्रा.लि., म्याग्दीबाट घलेन्दी हाइडेओ लिमिटेड र मुस्ताङबाट अमित विल्डर्स गरेको छ ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले ग्रिन डिभेलपमेन्ट बैँक लिमिटेडका हेमराज शर्मा, पर्वतबाट दी क्लिफ प्रा.लि. राजनकुमार जोशी, घलेन्दी हाइडेओ लिमिटेडका सञ्चालक प्रमोद श्रेष्ठ र अमित विल्डर्सका प्रेम तुलाचनलाई सम्मान गर्नुभएको थियो । आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत प्रमोद कुमार श्रीवास्तवले साविक धौलागिरी अञ्चलका चार जिल्लाका उत्कृष्ट करदाताहरूलाई सम्मान गरिएको बताउनुभयो । उहाँले वर्षभरी धेरै कर तिर्ने करदाताहरूलाई हौसला प्रदान गर्न छनोट गरी सम्मान गरिएको बताउनुभयो ।


बागलुङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कुमानसिंह गुरुङ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले करदाताहरूको प्रेरणा र मिहिनेतबाट अरू व्यवसायीहरूले पनि सिकेर अगाडि बढ्नुपर्ने बताउनुभयो । घलेन्दी हाइडेओ लिमिटेडका सञ्चालक प्रमोद श्रेष्ठले म्याग्देलीको सक्रियतामा ५ मेघावाटको जलविद्युत निर्माण तथा हाल भइरहेको म्याग्दीमा निर्माणधिन तथा सम्पन्न भएका आयोजनाका बारेमा आफ्नो अनुभव सुनाउनुभएको थियो । त्यस्तै पर्वतस्थित ‘द क्लिफ’ का प्रतिनिधि राजनकुमार जोशीले द क्लिफले साहसिक खेलहरूका माध्यमबाट देशको नाम चिनाउन सहयोग गरिरहेको बताउनुभयो ।


मुस्ताङमा सञ्चालनमा रहेको अमित बिल्डर्सका प्रमुख प्रेम तुलाचनले कठिन भौगोलिक अवस्थाका बिच सीमित आर्थिक साधन स्रोतसँगै विकास निर्माणका काम निरन्तर अघि बढाइरहेको जानकारी दिनुभयो । “दुर्गम ठाउँमा भए पनि गुणस्तरीय काम गरेर हामीले विश्वास जितेका छौँ,” उहाँले भन्नुभयो । अरूले गर्न नसक्ने चुनौतीपूर्ण काम सम्हाल्दै आफ्नै कम्पनीले कोरला नाका सम्म सडक पु¥याएको उल्लेख गर्दै तुलाचनले त्यसलाई कम्पनीको प्रमुख उपलब्धि बताउनुभयो ।

Leave a Comment