बेनी सामुदायिक माविका विद्यार्थीले म्याग्दीको प्रसिद्ध गलेश्वर शिवालय मन्दिर क्षेत्र सरसफाई गरेका छन् । बालाचतुर्दशी पर्वको अवसरमा मन्दिरमा दर्शन गर्न आएका भक्तजनले सात बिज छर्ने क्रममा मन्दिर भित्र तथा गलेश्वर बजार, बसपार्क क्षेत्रसम्म सरसफाई गरेको विद्यालयका शिक्षक भरत थापाले बताउनुभयो ।मन्दिर सरसफाईका लागि गएका विद्यार्थीलाई मन्दिर क्षेत्रका बारेमा जानकारीसँगै करिब ५ घण्टा सरसफाई गरिएको शिक्षक थापाको भनाई छ ।

बुधबार बालाचतुर्दशीका दिन शत बीज छर्ने र दीप दान तथा बजार क्षेत्रको फोहोर सरसफाईका लागि आएका विद्यार्थीलाई गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधबप्रसाद रेग्मी,सदस्य सचिव सम्मरबहादुर थापाले धन्यवाद दिदैं विद्यार्थीको रचनात्मक कार्यका लागि आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

यस मन्दिरमा साउन, बालाचतुर्दर्शी तथा महाशिवरात्री पर्वमा नियमित स्थानीय गलेश्वर आर्दश मावि, बेनीाके न्यू वेष्ट पोइन्ट आवासीय माविले स्वयंमसेवकको भूमिका निर्वाह गर्ने गरेको छ ।कालीगण्डकी नदी किनारमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा पर्वको समयमा फोहोर ब्यवस्थापनसँगै त्यहाँ भेटिएका सामानहरु समेत समितिमार्फत सम्बन्धित ब्यक्तिलाई फिर्ता गर्ने गरिएको छ ।










