---Advertisement---

कुलमानको पार्टीले लियो दल दर्ताको प्रमाणपत्र

On: November 21, 2025 5:50 PM
Follow Us:

कुलमान घिसिङको उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगमा दर्ता भएको उज्यालो नेपाल पार्टीले दल दर्ताको प्रमाणपत्र पनि लिएको छ । जेन-जी आन्दोलनपछि मात्रै अहिलेसम्म १० वटा दल दर्ता भएका छन् ।  

शुक्रबारसम्म निर्वाचन आयोगमा १० वटा नयाँ दल दर्ता भएका छन् । श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, राष्ट्रिय परिवर्तन पार्टी, राष्ट्रिय जनमत पार्टी, कम्युनिस्ट पार्टी नेपाल, राष्ट्र निर्माण दल, राष्ट्रिय उर्जाशील पार्टी, पिपल्स फर्स्ट पार्टी र उज्यालो नेपाल पार्टी आयोगमा दर्ता भएका हुन् ।  

यस्तै अन्य २८ दल दर्ताका लागि प्रस्ताव गरी आएका र ती दल प्रक्रियामा रहेको आयोगले जनाएको छ । 

Leave a Comment