---Advertisement---

मंगला शिक्षा क्याम्पसलाई किमचौर गाउँबाट २ लाख ३६ हजारभन्दा बढी सहयोग

On: November 21, 2025 6:50 PM
Follow Us:

म्याग्दीको मंगला गाउँपालिका–२,लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसको मुद्दती÷अक्षयकोष तथा आर्थिक सङ्कलन अभियानमा आफन्तको स्मृतिमा एकैदिन २ लाख ३६ हजारभन्दा बढी संकलन भएको छ ।

क्याम्पसको ‘एक घर एक दान’अभियानमा अन्तरगत शुक्रबार मंगला-५,किमचौर गाउँमाआयोजित एक कार्यक्रममा स्वर्गीय आफन्तको स्मृतिमा मिमबहादुर रोका ५० हजार ५०५ रुपैयाँ, वडा सदस्य गुप्त बहादुर रोका ५० हजार ५०५ रुपैयाँ, उमेश बुढाथोकी, भिम बुढाथोकी ५० हजार ५०५ रुपैयाँ र धनबहादुर बुढाथोकले ५० हजार सहयोग गर्नुभएको थियो ।

सोही अवसरमा सिर्जना आमा समुह १० हजार, हिमाली आमा समुह ५ हजार, चिनचुले सामुदायिक बन समिति ५ हजार र छहारी आमा समुहले ५ हजार आर्थिक सहयोग गरेो क्याम्पस प्रमुख पितमबहादुर खत्रीले जानकारी दिनुभयो । आर्थिक सहयोगदातालाई स्वागत तथा सम्मान सहित ५० हजार वा सोभन्दा बढी सहयोग गर्नेलाई क्याम्पसको बरिष्ठ सदस्यता वितरण गरिएको थियो ।


कार्यक्रममा प्रमुख अतिथि क्याम्पसका संरक्षक एवम् गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गाउँमा क्याम्पस स्थापना भएपछि धेरै छोरीबेटीको शैक्षिक यात्राले निरन्तरता पाएको बताउनुभयो । क्याम्पसबाट उत्पादन भएका शैक्षिक जनशक्ती लोकसेवा, शिक्षक सेवा आयोग सहित विभिन्न क्षेत्रमा रोजगार पाइरहेको बताउनुभयो ।

सोही अवसरमा क्याम्पसका पुर्व अध्यक्ष चन्द्रबहादुर बुढाथोकीले समुदायको पहलमा स्थापित क्याम्पसलाई थप उचाईमा पुर्याउने अभियानको रुपमा आर्थिक संकलन गरिएको बताउनुभयो ।सहयोग हस्तान्तरण कार्यक्रममा क्याम्पस अध्यक्ष याम थापाले पहिलो चरणमा गाउँपालिकाभित्रका ३७ सय घरधुरीबाट स्वदेश तथा विदेशमा रहेकालाई प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट क्याम्पसको शैक्षिक कोषमा सहयोग जुटाउने बताउनुभयो ।पश्चिम म्याग्दीको शैक्षिक हब बनाउने अभियान अन्तरगत क्याम्पसमा ब्यवस्थापन संकाय सहित विद्यार्थीको आर्कषण विषय थपको समेत योजना बनाइएको अध्यक्ष थापाको भनाई थियो ।


समुदायबाटै प्राप्त सहयोगबाट सञ्चालित क्याम्पसले यो अभियानमार्फत पूर्व कालिन प्राध्यापकलाई तलब सुविधा, क्यूएए प्रक्रियाका पूर्वाधारहरू तयार गर्न, गरिब तथा विपन्न वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न, क्याम्पस र समुदायको सम्बन्ध बलियो बनाउन घरदैलोमा पुगेको टोलीले क्याम्पसका हालसम्मको गतिविधिका बारेमा समेत जानकारी गराउने गरेको छ ।क्याम्पसले १२ लाख सहयोग गर्नेलाई संरक्षक, ७ लाख सहयोग गर्नेलाई सम्मानार्थ संरक्षक, १ लाख सहयोग गर्नेलाई आजीवन सदस्य, ५० हजार सहयोग गर्नेलाई वरिष्ठ सदस्य र ५० हजारभन्दा कम सहयोग गर्नेलाई क्याम्पस सभा सदस्य प्रदान गरेको छ ।


पश्चिम म्याग्दीमा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सदरमुकाम वा जिल्लाबाहिर थप अध्ययनका लागि जानुपर्ने अवस्थाको अन्त्य गर्न क्याम्पसको पूर्वाधार अभियानमार्फत संकलित आर्थिकबाट बाबियाचौरकै लाम्पाटामा ३३ रोपनी जग्गासमेत खरिद गरी क्याम्पसको भवन, प्रशासनिक भवन, छात्रावास सहितको संरचना समेत बनेको छ। क्याम्पस समुदायको जगमै स्थापित भएको क्याम्पसले विश्वविद्यालयले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) प्रमाणपत्र प्राप्तिको अभियानमा समेत जुटेको छ।

Leave a Comment