---Advertisement---

स्ववियूको वक्तृत्वकला प्रतियोगितामा म्याग्दी एकेडेमीकी बिअप्सिना बानियाँ प्रथम

By हरिकृष्ण गौतम
On: November 21, 2025 7:26 PM
Follow Us:

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पसले आयोजना गरेको माध्यामिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा बेनी नगरपालिका–४ सिंगास्थित म्याग्दी एकेडेमीकी बिअप्सिना बानियाँ प्रथम हुनुभएको छ । ‘राष्ट्र निर्माणका लागि जेनजी आन्दोलनको परिणाम’ भन्ने विषयमा वक्तृत्वकला प्रतियोगितामा द्धितिय मुक्तिथाम माविकी रेजिना भण्डारी, तृतिय प्रकाश माविका प्रसिस रिजाल र सान्त्वना स्थान लिटल गार्डेन एकेडेमीकी दीक्षा पौडेल हुनुभएको छ ।


प्रतियोगितामा विजेतालाई प्रमुख अतिथि जिल्ला समन्वय समिति म्याग्दीकी कार्यबाहक प्रमुख दिलकुमारी खत्रीले क्रमश ६ हजार, ५ हजार, ४ हजार र २ हजार नगद सहित ट्र«फि, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो । म्याग्दीका १४ र पर्वत जिल्लाका जलजला गाउँपालिकाका ६ विद्यालयबाट सहभागिता जनाएका थिए ।

प्रतियोगितामा प्रमुख अतिथि खत्रीले विद्यार्थीको क्षमता विकासका लागि रचनात्मक कार्यहरूलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। सोही अवसरमा विशिष्ट अतिथि म्याग्दी बहुमुखी क्याम्पस सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुबेदी,बेनी नगरपालिका शिक्षा शाखा अधिकृत क्षेत्रबहादुर भण्डारी, जिससका शाखा अधिकृत अमृत सुबेदी, विद्यार्थी गुणस्तर समुहकी अध्यक्ष मञ्जु ढुंगानाले स्ववियुले विद्यालयस्तरका विद्यार्थीलाई जोड्ने प्रयास गरेको बताउनुभयो।


प्रतियोगिताको अध्यक्षता स्ववियु सभापति संगम चोखाल क्षत्री, स्वागत सहसचिव रुपा सापकोटा र सञ्चालन मञ्जुर कटुवाल क्षत्रीले गर्नुभएको थियो। विद्यार्थीले जेनजी आन्दोलनमार्फत राष्ट्रियता निर्माण तथा समाजलाई सकारात्मक कार्यमा केन्द्रित गर्न आवश्यकसँगै भ्रष्टाचार, असमानता, जलवायु परिवर्तनजस्ता विषयहरू लिएर आवाज उठाउँदै भएको जेन–जी आन्दोलनका बारेमा आगामी दिनमा समेत निरन्तर कार्यक्रम गर्ने स्वतन्त्र विद्यार्थी यूनियनले जनाएको छ ।

हरिकृष्ण गौतम

Leave a Comment