---Advertisement---

म्याग्दीमा २२३७ मतदाता थपिए

On: November 22, 2025 4:27 PM
Follow Us:

म्याग्दीमा २२ सयभन्दा बढी नयाँ मतदाता थपिएका छन् । जेनजी आन्दोलनपछि बनेको अन्तरिक सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गरेसँगैमतदाता नामावली दर्ता गर्ने अन्तिम दिन शुक्रबारसम्ममा निर्वाचन कार्यालयमै पुगेर बायोमेट्रिक्स गरी ८ सय १९ र राष्ट्रिय परिचयपत्र मार्फत १४ सय १८ मतदाता गरी कुल २२ सय ३७ नयाँ मतदाता थपिएका हुन् ।

जिल्ला निर्वाचन अधिकृत बिमल गौतमका अनुसार कार्यालयमै पुगेर बायोमेट्रिक्स मतदाता नामावली दर्ता गर्नेमा पुरूष ५ सय १० जना र महिला ३ सय ९ जना रहेका छन् । त्यसैगरी ८२ मतदाताको गल्ती सच्चाइएको छ भने १ सय ९० जनाको ठाँउसारी गरिएको थियो ।

निर्वाचन अधिकृत गौतमले बेनीअनलाइनलाई दिएको जानकारी अनुसार मतदाता नामावली संकलनका लागि निवेदन दर्ता सहितका प्रक्रियाका लागि कार्यालयभित्र ५ वटा सहायकता कक्ष स्थापना गरिएकाले मतदातालाई सहज भएको छ ।

‘हामीले निवदेन तथा अन्य प्रक्रियाका लागि बाहिर जाने बाध्यताको अन्त्य गरेका छौ, उहाँहरुको समय र पैसाको बचत भएको छ’ निर्वाचन अधिकृत गौतमले भने । अन्य जिल्लामा निवेदन सहितको प्रक्रिया साइबर तथा पसलमा गरेर आउँदा मतदाताको खर्च भएको गुनासो आउने गरेको थियो।

म्याग्दीमा नाम दर्ता गराउनेमा अधिकांश २५ वर्षमुनिका धेरै भएपनि बैदेशिक रोजगारीबाट फर्किएका छन् भने बृद्धबृद्धाले समेत अहिलेसम्म मतदाता नामावली नबनाएको अवस्थाका समेत भेटिएको छ । म्याग्दीमा २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ८६ हजार १२० जना मतदाता रहेको म्याग्दीमा निर्वाचन आयोगले पछिल्लो पटक असोज ८ गते सार्वजनिक गरेको मतदाता नामावली विवरणअनुसार मृत्यु, बसाईसराई, दोहोरोन नामाबली भएका १६ सय मतदाता घटाएर ८४ हजार ५२० जना कायम भएको थियो ।

हाल मतदाता नामावली संकलन गरेकाहरुको समेत दोहोरो, त्रुटी लगायतका विवरणको अध्ययन गरेपछि पूरानो मतदातामा संख्या थपिने छ । यसैबीच म्याग्दीका ६ वटै स्थानीय तहमा निर्वाचनका लागि म्याग्दीमा ८२ मतदानस्थल सिफारिस समेत गरिएको छ ।

Leave a Comment