---Advertisement---

जापानमा हत्या गरिएको बादलको न्यायका लागि आवाज उठाउन अपिल

By हरिकृष्ण गौतम
On: November 22, 2025 7:43 PM
Follow Us:

जापानको चिबा प्रिफेक्चरमा एक होटलमा हत्या भएका म्याग्दी जिल्ला धवलागिरी गाउपालिका–५,का यूवा बादल छन्त्यालको न्यायका लागि संघर्षरत दाई तेजिन छन्त्यालले जापानमा रहेका नेपालीलाई आवाज उठाउन अपिल गर्नुभएको छ । आफ्नै प्रेमिकाले छुरा प्रहार गरेको स्वीकार गरेपनि मुद्धा कमजोर बनाउने र घटनाबाट अभियुक्तलाई उम्काउने प्रयास भएको भन्दै आफ्नो ठाउँबाट दवाव दिन अपिल गर्नुभएको हो ।

‘सबैको सहयोग चाहिएको छ, बास्तविकतालाई लुकाउने प्रयास भएको छ, मेरो भाइको फोन, कपडा समेत दिइएको छैन,अनेक प्रयास गरी यूवतीलाई उम्काउने प्रयासमा सरकारी टोली लागेको छ’ मृतकका दाई तेजिनले आफ्नो टिकटक एकाउण्टमार्फत गुनासो गर्नुभएको छ । हत्या गरेको अभियोग र त्यसमा स्विकार गरेको आरोप लागेकी जापानी युवतिमाथि अदालतमा मुद्दा भने आत्महत्या दुरुत्साहनको लागेको जापानी समाचार संस्थाहरुले समेत उल्लेख गरेका छन् ।


हत्यामा प्रयोग भएको चक्कु पसलबाट चोरी गरेको, आफै प्रहार गर्न नमिल्ने स्थानमा प्रहार गरेका लगायतका प्रयाप्त प्रमाणलाई अनुसन्धानकर्ताले तोडमोड गर्ने प्रयास गरेको दाई तेजेनको भनाई छ ।

छन्त्याल मृत्यु प्रकरणमा ३२ वर्षीय जापानी युवतीमाथि आत्महत्या गर्न दुरुत्साहन र हतियार सम्बन्धी कानुन उल्लङ्घनको अभियोगमा मुद्दा चलाइएको जापानी समाचार संस्था चिबा निप्पो अनलाइनमा समेत उल्लेख छ । यो मुद्धा कमजोर बनाउन प्रत्यक्षदर्शी साथीहरुबाट जानकारी लिएर थप सक्रियता देखाइएको भन्दै आफ्ना भाईको न्यायका लागि जापानमा रहेका संघसंस्था बोल्ने बेला आको उहाँको भनाई छ ।

गत अक्टोबरमा फुनाबाशी शहरको एक होटलमा चक्कु प्रहारपछि जापानीज प्रहरीले अभियुक्तको अनुहार समेत सार्वजनिक गरेको तथा प्रमाणहरु समेत मृतकको पक्षमा रहेको अवस्थामा एक्कासी भइरहेका चलखेलबाट निराश भएको दाई तेजिनको दुखेसो छ ।


चिबा जिल्ला अभियोजकको कार्यालयले प्रमाणको आधारमा भन्दै अभियोग परिवर्तन गरेपछि मृतक बादलले न्याय नपाउने भन्दै आफन्त चिन्तित छन्।

अभियोगपत्र अनुसार, ती युवतीले गैरकानुनी रूपमा दुईवटा चक्कु लगेर टेबुलमा राखेको र ती विद्यार्थीलाई आफैँले छातीमा बारम्बार चक्कु हान्न दुरुत्साहन गरेको उल्लेख छ । अनुसन्धानमा ती युवतीले बादलसंगै मिलेर आत्महत्याको प्रयास गर्न चाहेको पनि खुलेको उल्लेख छ ।

अभियोग पत्र अनुसार अक्टोबर ४ मा राति १० बजेर १० मिनेटदेखि बिहान करिव ८ बजेर १५ मिनेट बिचमा नेपाली युवा बादलले आफैंले छाती र शरीरका अन्य भागहरुमा पटक पटक चक्कु प्रहार गरेको र त्यसमा आत्महत्या गर्न सहयोग गरेको आरोप जापानी युवतिमाथि छ ।

हत्या आरोपित जापानी युवतिले आफुले पनि बादलसँगै आत्महत्या गर्न चाहेको बताएको अभियोगपत्रमा उल्लेख छ । हत्या नभई आत्महत्यामा सहयोग गरेको आरोपमा अभियोग लगाउनुको कारणलाई प्रमाणको आधारमा भएको स्थानीय अभियोजक कार्यालयको तर्कका कुनै सत्यता नभएको भन्दै आफुँले काम छोडेर भाइको न्यायको खोजीमा लागेको दाई तेजिनको भनाई छ जापानी युवती र बादलबीच विगत एक वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो ।

हरिकृष्ण गौतम

Leave a Comment