---Advertisement---

डेनमार्क पुगेका पूर्णगाउँका प्रविण विक ६ महिनादेखि सम्पर्कविहिन

By हरिकृष्ण गौतम
On: November 22, 2025 9:52 PM
Follow Us:

म्याग्दीका एक यूवा विगत ६ महिनादेखि यूरोपेली देश डेनमार्कमा सम्पर्कविहिन भएका छन् । बि.स २०८१ मंसिर १५ गते डिपेन्डेन्ट भिसामा डेनमार्क गएका मंगला गाउँपालिका–१ पूर्णगाउँ डिम्रेनीका २२ र्बिर्षय प्रविण बिक जेठ २१ गते अन्तिमपटक फोन सम्पर्क भएको र त्यसयता कुनै पनि सम्पर्क नभएको भन्दै खोजीकार्यमा सहयोगको अपिल गरिएको छ ।

३५ लाख ऋण खोजेर डेनमार्क गएका विक हालसम्म सम्पर्कमा नआएपछि ६ महिनाका दुई जुम्ल्याह छोरा सहित ५ जनाको परिवार विचल्लीमा परेका छन् । ‘छोरा सम्पर्कमा नआएको धेरै महिना भयो, खोजी गरिदिनुहुन अनुरोध छ, घरमा बेहाल छ’ आमा गौमति विकले भन्नुभयो ।


श्रीमतिलाई प्रसुतीका लागि अस्पतालमा लगेको जानकारी भएपनि जुम्ल्याह छोरा जन्मिएको बारेमा जानकारी समेत गराउन नपाएको भन्दै गौमति भक्कानिनु भयो। ‘जतिसक्दो छिटोसम्पर्कमा आउने विश्वास छ, घरमा खाने अन्नपानी समेत छैन,बच्चालाई हुर्काउनै मुस्किल भयो’ आमा गौमतिले भन्नुभयो ।

सम्पर्कविहिन प्रविणका जुम्ल्याह सहित ३ छोरा छन् । श्रीमति विन्दु विकले परिवारको सुखको लागि विदेश जानुभएका श्रीमानको पखाईमा रहेकाले त्यहाँ रहेका म्याग्देली सहित नेपालीलाई खोजीकार्यमा सहयोग गर्न अनुरोध गर्नुभएको छ । ‘घरखर्च चलाउन पनि गाहे भएको छ, विदेश जाँदा लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ताले निन्द्रापनि लाग्दैन’ श्रीमति विन्दुले भन्नुभयो।

सम्पर्कविहिन विकले चलाउने सामाजिक सञ्जाल समेत ६ महिनादेखि प्रयोगमा नआएको, मोवाइलमा फोन समेत नलाग्ने भन्दै कतै समस्यामा परेको हुनसक्ने परिवारले सत्यतथ्य खोजीका लागि अनुरोध गरेको स्थानीय यूवा राजु केसीले बताउनुभयो । अहिलेसम्म जेनतेन जीवन निर्वाह भएपनि अब परिवारको झनै कष्टकर दिन भोग्नुपर्ने अवस्था रहेको भन्दै परिवारको सम्पर्कमा आउन केसीले अनुरोध गर्नुभयो ।

हरिकृष्ण गौतम

Leave a Comment