गरिमा विकास बैंकले आफ्नो १९ औं बार्षिकोत्सवको अवसरमा आइतबार सदरमुकाम बेनीमा बृहत रक्तदान कार्यक्रम गरेको छ। बैंकका पूर्व सञ्चालक एवम् बेनी नगरपालिकाका संस्थापक मेयर हरिकुमार श्रेष्ठले ब्लडव्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको सुरुवात गदैं वित्तिय कारोबारसँगै बैंकले सामाजिक उत्तरदाहित्व अन्तरगतका शिक्षा, स्वास्थ्य, वित्तिय साक्षरता सहितका सामाजिक कार्यमा सहयोग गर्ने गरेको बताए।

बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा योगदान पु¥याउने उद्देश्यसहित ‘रक्तदान, जीवनदान’ भन्ने मूल नारासहित रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको छ ।

नेपाल रेडक्रस सोसाईटी बेनी शाखा अन्तरगतको रक्त संचार केन्द्रको प्राविधिक संयोजनमा संकलन भएको रगतलाई बेनी अस्पतालका बिरामीसँगै आवश्यकता अनुसार जिल्ला बाहिर समेत पठाउन सकिने केन्द्रका सयोजक सुरत केसीले बताए। रक्तदान कार्यक्रममा जिल्लास्थित व्यापारी,बैंकका सञ्चालक तथा कर्मचारी, सर्वसाधारण सहित ४८ जनाले रक्तदान गरेको गरेका थिए ।

रक्तदान कार्यक्रमको अध्यक्षता संस्थापक सञ्चालक सदस्य श्रेष्ठ, स्वागत क्षेत्रीय कार्यालय बेनीका प्रमुख कमलप्रसाद ढुंगाना र सञ्चालन बेनी शाखाका शाखा प्रबन्धक ओमप्रकाश पौडेलले गर्नुभएको थियो । बैंकको सदरमुकाम बेनी, पश्चिम म्याग्दीको बावियचौर, दरबाङ, उत्तरी क्षेत्रका जनतालाई लक्षित गरी पोखरेबगरमा शाखा रहेको छ।











