आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गदैं उत्सवको रुपमा मनाउनेहरूको बीचमा सामाजिक एवम् मानवीय सेवामा सधैं सक्रिय भूमिकामा रहने बेनी नगरपालिका–७, का वडा सदस्य रमेश फगामील.े आफ्नो क्षेत्रमा रहेका दुई विद्यालयलाई सहयोग गरेका छन् । मंगलाघाट निवासी फगामीले बेनी सामुदायिक माविलाई ५० हजार र प्रकाश माविलाई ५० हजार सहयोग गरी जन्मदिन मनाउनुभएको छ ।

हरेक जन्मदिनमा चरम गरिबीका कारण पठनपाठनमा समस्या परेका, आर्थिक अभावका कारण उपचारमा बन्चित भएका लगायत विभिन्न सामाजिक कार्य गर्ने गरेको वडा सदस्य फगामीले बताउनुभयो । पछिल्लो आधादशक यता हामीले म्याग्दीकै बालबालिकालाई सहयोग गरेर जन्मदिन मनाइरहेको फगामीको भनाई छ ।

‘हरेक बर्ष अभावमा गुज्रिएका विद्यार्थीमाझमै जन्मदिन मनाउने योजना छ’ फगामीले भन्नुभयो । जन्मदिनका कुनै नयाँ योजना नहुने भएकाले जन्मदिनमा अनावश्यक खर्चको योजना नबनाउने बताउनुभयो । जन्मदिनको अवसरमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा बेनी सामुदायिक माविका विब्यस अध्यक्ष रमेशकुमार श्रेष्ठ, प्रअ दिपक श्रेष्ठ, प्रकाश माविका विब्यस अध्यक्ष हरिकृष्ण श्रेष्ठ, प्रअ लेखबहादुर हमाल लगायतको उपस्थिती रहेको थियो ।









