---Advertisement---

म्याग्दी जेसीज कप: माउण्ट एभरेष्ट र बेनी सामुदायिको विजयी सुरुवात

On: November 25, 2025 12:59 PM
Follow Us:

डिफेन्डिङ च्याम्पियन माउण्ट एभरेष्ट आवासीय माविले म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको २३ औँ अन्तर मावि. जेसीजकप फुटवल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मंगलबार विहान भएको खेलमा म्याग्दी एकेडेमीलाई २–१ गोलले पराजित गदैं दोस्रो चरणमा प्रवेश गरेको छ ।


प्रतियोगिताको अर्को खेलमा बेनी सामुदायिक माविले न्यु वेष्ट पोइन्ट आवासीय माविलार्ई २–१ गोल हानेको छ । मंसीर १३ गतेसम्म बेनीको खुलामञ्चमा सञ्चालन हुने प्रतियोगितामा १९ विद्यालयको सहभागिता रहेको म्याग्दी जेसीजका अध्यक्ष बिनोद घर्ती क्षत्रीले बताउनुभयो । कक्षा १० सम्मका विद्यार्थीहरुले सहभागीता जनाउने जेसीज कप फुटवल म्याग्दीमा विद्यालय तहमा प्रतिस्पर्धा हुने लोकप्रिय र चर्चित छ ।

प्रतियोगितामा प्रथम हुनेले रनिङ शिल्डसहित ट्रफी, मेडल, प्रमाणपत्र सहित नगद रु ५५ हजार पाँच सय ५५ र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ३५ हजार पाँच सय ३५ पुरस्कार प्राप्त गर्नेछन् ।प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, राइजीङ प्लेयर, उत्कृष्ट प्रशिक्षकलाई नगदरु २ हजार पाँच सयसहित ट्रफिद्धारा पुरस्कृत गरिने प्रतियोगिताका मुल संयोजक एवं म्याग्दी जेसीजका कोषाध्यक्ष नवीन पौडेलले बताउनुभयो ।


त्यस्तै, अनुसासित टिम र सेमिफाइनल पुग्ने दुई टिमलाई नगद रु ५ हजार सहित सहित सम्मान गरिने छ ।प्रतियोगिता सञ्चालनको लागि एभरेष्ट ग्लोबल एजुकेसन भिसा सर्भिस मुख्य प्रायोजक रहेको छ भने गंगा जिसी फाउण्डेसन र प्रभु बैँक सहप्रायोजकको रुपमा रहेका छन् ।

Leave a Comment