---Advertisement---

जलजलामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

On: November 26, 2025 6:46 PM
Follow Us:

पर्वतको जलजला गाउँपालिका अन्तरगतका विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता बुधबारदेखि मल्लाजमा सुरु भएको छ ।

विद्याज्योती माविको परिसरमा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जलजला गाउँपालिकाका १५ वटा विद्यालयले सहभागिता जनाएका छन् । भलिबल, एथलेटिक्स र कवड्डी खेलका ३० वटा बिधामा प्रतिस्पर्धा हुनेछ् ।

प्रतियोगितामा बिजेताले रनिङ्ग शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु. ५० हजार प्राप्त गर्ने गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख देवी रिजालले जानकारी दिनुभयो ।

उपबिजेता र तृतीय हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु. ३० हजार र २० हजार पाउनेछन् । उद्घाटनका अवसरमा भएको मार्चपासमा बनौ मावि प्रथम भएको छ ।

प्रतियोगिताका जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले उद्घाटन गर्नुभयो । विद्यालय स्तरका खेल प्रतिभाको पहिचान र उनिहरुको प्रोत्साहनका लागि प्रतियोगिता सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले प्रतियोगिताले जलजलाका खेल प्रतिभा पहिचान भई प्रदेश र राष्ट्रिय स्तरमा पुग्न मद्दत पुग्ने बताउनुभयो ।

Leave a Comment