---Advertisement---

गुर्जा समाज काठमाडौंले बेलीबृज पुल बनाउन १० लाख सहयोग

By हरिकृष्ण गौतम
On: November 26, 2025 8:11 PM
Follow Us:

म्याग्दीको धवलागिरी गाउँपालिका–१, गूर्जा जोड्ने बेलिब्रिजलाई गूर्जा समाज काठमाण्डौले १० लाख सहयोग गर्ने भएको छ । जिल्लाको अति विकट मानिने गूर्जाबाट काठमाडौंमा बसोबास गर्नेहरुको साझा संस्था गुर्जा समाज काठमाडौंले लुलाङ्ग–गुर्जा सडकखण्ड अन्तरगत गूर्जाको कम्जाखानी खोलामा निर्माण गरिने बेलिब्रिज पुलका लागि १० लाख सहयाग गरेको समाजका अगुवा दिपबहादुर छन्त्यालले बताउनुभयो ।


आफ्नो जन्मभूमिको सहयोगा लागि स्थापना गरिएको समाजले वडा अध्यक्ष झकबहादुर छन्त्यालको प्रस्ताव बमोजिम समाजका अध्यक्ष लिलमाया छन्त्यालको अध्यक्षतामा बसेको बैठकले उक्त सहयोग गर्ने निर्णय गरेको हो । संस्थापक अध्यक्ष समप्रसाद छन्त्यालको नेतृत्वमा ५ सदस्यीय समन्वय उपसमिति गठन गरिएको थियो । समाजले गुर्जाको वडा अध्यक्ष छन्त्यालसंग समन्वय र आवश्यक छलफलमा यसवर्ष बाटोको लागि संघीय र प्रदेश सरकारबाट प्रयाप्त बजेट विनियोजन भएको अवस्थामा उक्त सहयोगलाई बेलिब्रिजमा खर्च गरी थप बजेट गाउँपालिका सहित अन्य सरोकारवाला निकायसँग समेत समन्वय गर्ने जनाइएको छ ।


समाजका अध्यक्ष लिलमायाँले सडक सञ्जालसँग जोडिदैं गरेको गूर्जा क्षेत्रका लागि थप सहयोग गर्न समेत तीन तहका सरकारलाई अनुरोध गर्नुभयो । समाजले आपतविपत पर्दा सदस्यहरुलाई मानविय सहयोग गर्दै आएको छ भने सामाजिक योगदान अन्तर्गत धवलागिरी गाउँपालिका समाज काठमाडौंलाई विभिन्न समयमा खेलिएको देउसीभैलोमा २ लाख ३६ हजार तथा नेपाल छन्त्याल संघलाई १ सय कुर्ची प्रदान गरिएको थियो । समाजले गुर्जाको चिनारी गीत रेकर्ड समेत गरी प्रचारप्रसार गर्ने योजना बनाएको छ । समुन्द्री सतहदेखि ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित गूर्जामा २६० घरधुरीको बसोबास रहेको छ ।

हरिकृष्ण गौतम

Leave a Comment