संविधानसभा सदस्य गमबहादुर श्रीस नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध हुनुभएको छ । तत्कालीन नेकपा माओवादीको नेतृत्वमा सञ्चालित दश वर्षे जनयुद्धमा सहभागी मंगला गाउँपालिका–३ बरंजा निवासी श्रीस नेत्रबिक्रम चन्द् (विप्लप)को नेकपा सम्बद्ध हुनुहुन्थ्यो । वि.स. २०७९ को प्रदेश र प्रतिनीधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीलाई सार्वजनिक रुपमै भोट मागेपनि श्रीस औपचारिक रुपमा देखिनुभएको थिएन् ।
वि.स. २०६३ मा गठन भएको को अन्तरिम संसद र २०६४ को संविधानसभा सदस्यमा तत्कालीन नेकपा माओवादीको तर्फबाट संविधानसभा सदस्य हुनुभएका श्रीस नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध भएपछि नेता कार्यकर्ता उत्साहीत भएका छन् । श्रीस यही मंसिर १४ गते पोखरामा हुने नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश कार्यक्रम मार्फत औपचारिक रुपमा सार्वजनिक हुने र उपयुक्त जिम्मेवारी तोकिने बताइएको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को एकता प्रक्रीयामा म्याग्दीमा क्रियासिल उक्त पार्टीमा आवद्ध सबै राजनीतिक घटकहरु सहभागी भएका छन् । नेकपामा आवद्ध साविकको नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेकपाको चिरन पुन समूहका म्याग्दीका सबै नेता कार्यकर्ताहरु एकता प्रक्रीयामा सामेल भएका हुन् ।
नेपाली कम्युनिष्ट पार्टी गठन भएपछि प्रदेश र जिल्ला स्तरको एकता सन्देश कार्यक्रमको तयारीका लागि पहिलो संयुक्त बैठक बिहिबार बेनी स्थित साविक नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा बसेको छ । नेकपाका नेता गोविन्द पौडेलले नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध सबै पार्टीका नेता र कार्यकर्ताहरु म्याग्दीमा उत्साहका साथ एकतालाई साथ दिएका बताउनुभयो ।
बैठकले यही मंसिर १४ गते पोखरामा हुने प्रदेश स्तरीय एकता सन्देशसभामा म्याग्दीबाट सक्रीय सहभागिता जनाउने र १८ गते बेनीमा जिल्ला स्तरीय सन्देश सभा आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकमा साविक माओवादीका केन्द्रिय सदस्य गोविन्द पौडेल, वैकल्पिक केन्द्रिय सदस्य रेशम बहादुर जुग्जाली (सुविन), गण्डकी प्रदेश कमिटिका सहसचिव टेकबहादुर बिक, जिल्ला संयोजक सेरबहादुर केसी, सचिव कुशल पौडेल लगायतका नेताहरु सहभागि हुनुभएको थियो ।एकिकृत समाजवादीका केन्द्रिय सदस्य कृष्णकुमार विश्वकर्मा, जिल्ला संयोजक बमबहादुर पाइजा, नेपाल समाजवादीका याम किसान सहभागि हुनुभएको थियो ।










