---Advertisement---

बेनी सामुदायिक र केबी एकेडेमी जेसीज कपको फाइनलमा

On: November 28, 2025 9:39 PM
Follow Us:

बेनी सामुदायिक मावि र केबि एकेडेमी म्याग्दी सदरमुकाम बेनीमा जारी २३ औँ अन्तर मावि. जेसीजकप फुटवल प्रतियोगिताको फाइनलमा पुगेका छन् । शुक्रबार भएको सेमीफाइनलमा किसानी माध्यमिक विद्यालय धारापानीलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै बेनी सामुदायिक माध्यमिक विद्यालयले फाइनलमा स्थान बनाएको हो ।

त्यसैगरी केबी एकेडेमी र लिटिल गार्डेन एकेडेमी बीचको खेल निर्धारित समयमा एक–एकको बराबरीमा टुङ्गीएपछि भएको टाइब्रेकरमा चार एक गोल अन्तरले पराजित गर्दै केबी एकेडेमी फाइनलमा प्रवेश गरेको हो ।जेसीज कप फुटबल प्रतियोगितामा यस अगाडी बेनी बोर्डीङ, माउण्ट एभरेष्ट आवासिय मावि, न्यू वेष्ट प्वाइन्ट अवासीय मावि, शारदा मावि, प्रकाश माविले उपाधि जितेका थिए । जिल्ला सदरमुकाम भन्दा बाहिरको शारदा माध्यमिक विद्यालय मंगला गाउँपालिका ५ छिस्वाङले मात्रै उपाधि जितेको थियो ।

यसपटक एक–एक पटक उपविजेता भएको विद्यालय पहिलोपटक फाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको हरेक खेलमा आफ्नो उत्कृष्ट खेल देखाउन सफल बेनी सामुदायिक र केबी एकेडेमीले जेसीज कपको विजेता विद्यालयको सूचीमा नाम दर्ता गर्ने गरी मैदानमा उत्रिने छन् । शनिबारको दिन फाइनल खेल हुने भएकाले दर्शकको भिड अत्याधिक हुने अनुमान गरिएको छ ।

मङ्सिर १३ गते शनिबार सकिने यो प्रतियोगितामा जिल्ला भित्रका १९ विद्यालयको सहभागिता रहेको प्रतियोगिताका मुल संयोजक नविन पौडेलले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेले रनिङ शिल्डसहित ट्रफी, मेडल, प्रमाणपत्र सहित नगद ५५ हजार पाँच सय ५५ र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ३५ हजार पाँच सय ३५ पुरस्कार प्राप्त गर्ने शाखा अध्यक्ष बिनोद घर्तीले बताउनुभयो । जेसीज कप फुटबल म्याग्दीमा फुटबल प्रतिभा पहिचानका लागि प्रवेशद्धार जस्तै मानिन्छ । नेपाल जेसीजको इतिहासमा लामो र म्याग्दीमा समेत नियमित फुटबल प्रतियोगिता हुनेमा जेसीज कप फुटबल पर्छ ।

Leave a Comment