---Advertisement---

जलजलाको राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी न्यू होराइजनलाई

On: November 28, 2025 11:13 PM
Follow Us:

पर्वतको जलजला गाउँपालिका अन्तरगतका विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी न्यू होराइजन आवासीय मावि पर्वत बेनीले आफ्नो पोल्टामा पारेको छ ।

विद्याज्योती माविको परिसरमा सञ्चालन भएको प्रतियोगितामा न्यु होराइजनले ८ स्वर्ण, ३ रजत र १ काँस्य पदक जितेको छ । त्यसैगरी द्धितिय हुने विद्याज्योति माविले ५ स्वर्ण,६ रजत र ३ काँस्य पदक र तृतिय हुने अमृत आर्दश प्याराडाइज एकेडेमीले २ स्वर्ण, ४ रजत र ४ काँस्य पदक हात पारेको छ ।


जलजला गाउँपालिकाका १५ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा भलिबल, एथलेटिक्स र कवड्डी खेलका ३० वटा बिधामा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा बिजेता न्यू होराइजनले रनिङ्ग शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद ५० हजार प्राप्त गरेको छ ।

त्यसैगरी उपबिजेता विद्याज्योति र तृतीय हुनेले अमृत आर्दशले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु. ३० हजार र २० हजार प्राप्त गरेका छन् । प्रतियोगिताका जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले पुरस्कार वितरण गर्नुभएको थियो ।

Leave a Comment